5 years ago
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

आइतबार एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश १९ ओभरमा ९० रनमा अल आउट भयो । सुदूरपश्चिमकी सुनिता लोहारले २२ बलमा ३ चौका सहित सर्वाधिक २३ रनको योगदान दिइन् । सुदूरपश्चिमका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

दोस्रो ओभरको पहिलो बलमा सुमन विष्टले ओपनर तथा विकेटकिपर मञ्जु बोगटीलाई २ रनमा बोल्ड आउट गरिन् । तेस्रो ओभरको तेस्रो बलमा रेखा रावलले कविता कुँवरलाई ५ रनमा बोल्ड आउट गरिन् । चौथो ओभरको पाँचौं बलमा सुमन विष्टले विन्दु रावललाई २ रनमा विकेटकिपर ज्योती पाण्डेबाट क्याच गराइन् । १० औं ओभरको तेस्रो बलमा रेवती धामी १२ रनमा रन आउट भएपछि सुदूरपश्चिम ३६–४ को कमजोर अवस्थामा पुगेको थियो । रुवि पोदार ९ र डली भट्ट १६ रनमा आउट भएपछि सुदूरपश्चिमको जितको सम्भावना टाढिएको थियो ।
कविता जोशी १, ऋतु कनोजिया २, दिब्या कार्की १ रनमा आउट हुँदा लक्ष्मी साउँद २ रनमा अविजित रहिन् । एपिएफकी बिनु बुढामगरले २ ओभरमा ८ रन खर्चेर ३ विकेट लिइन् । सीता रानामगर र सुमन विष्टले २–२ विकेट लिए । सुष्मा श्रेष्ठ र रेखा रावल १–१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । एपिएफकी ओपनर ज्योती पाण्डेले ५० बलमा ७ चौका सहित सर्वाधिक ५९ रनको योगदान दिइन् । ज्योतीले ४४ बलमा अर्धशतक पूरा गरेकी थिइन् । राम्रो लयमा रहेकी ज्योतीले पहिलो खेलमा प्रदेश १ लाई ८ विकेटले हराउनेक्रममा ३२ रनको योगदान दिएकी थिइन् ।

ओपनर ज्योती र कप्तान सीता रानामगरले पहिलो विकेटका लागि ८.४ ओभरमा ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सीतालाई मध्यगतिकी बलर सुनिता लोहारले १६ रनमा बोल्ड आउट गर्दै साझेदारी तोडेकी थिइन् । त्यसअघि सुनिता लोहारको सातौं ओभरको पाँचौं बलमा विन्दु रावलले मिडअनमा सीताको ब्यक्तिगत १० रनमा क्याच ड्रप गरेकी थिइन् ।

ज्योतीलाई १८ औं ओभरको पहिलो बलमा कविता जोशीले रेवती धामीबाट क्याच गराएकी थिइन् । सरिता मगर ४२ बलमा ३ चौका सहित ३५ रनमा अविजित रहिन् । दोस्रो विकेटका लागि सरिता र ज्योतीले ५२ रनको अर्धशतकीय साझेदारी गरेका थिए । इन्दु बर्मा ४ रनमा अविजित रहिन् । सुदूरपश्चिमकी सुनिता लोहार र कविता जोशीले १-१ विकेट लिए ।
पहिलो खेलमा एपिएफले प्रदेश १ लाई ८ विकेटले हराएको थियो । सुदूरपश्चिमले पहिलो खेलमा ललितपुर मेयर ११ लाई ७ विकेटले हराएको थियो । एपिएफले आफ्नो तेस्रो खेलमा मंगलबार ललितपुरसँग खेल्ने छ । मंगलबार सुदूरपश्चिमले प्रदेश १ सँग खेल्ने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]