default_image

5 years ago

April 4, 2021

लानिङको नयाँ विश्व कीर्तिमान

128 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया महिला क्रिकेट टोलीकी कप्तान मेग लानिङले पूर्व कप्तान रिकी पोन्टिङको ओडिआई क्रिकेटमा लगातार सर्वाधिक जित दिलाउने विश्व कीर्तिमान तोड्दै नयाँ इतिहास रचेकी छिन् ।

आइतबार न्युजिल्यान्डसँगको तीन ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा ६ विकेटको जित निकाल्दै लानिङ ओडिआई क्रिकेटमा लगातार २२ जित जित्ने पहिलो कप्तान बनेकी छन् । यसअघि ओडिआई क्रिकेटमा लगातार जित दिलाउने कीर्तिमान पोन्टिङको नाममा थयो । पोन्टिङको कप्तानीमा अष्ट्रेलियाले सन् २००३ मा लगातार २१ ओडिआई जित निकालेको थियो ।

आइतबार अष्ट्रेलिया महिला टोलीले न्युजिल्यान्डलाई हराउँदै ओडिआई लगातार २२ जितका साथ विश्व कीर्तिमान कायम गरेका छन् । अष्ट्रेलियाले महिला टोलीले पछिल्लो पटक २०१७ अक्टोबरमा पराजित भएको थियो । त्यसयता ओडिआई क्रिकेटमा अष्ट्रेलिया महिला टोलीले लगातार जित निकाल्दै आएको छ । मेग लानिङले सन् २०१४ मा ओडिआई टोलीको कप्तानको भूमिका पाएकी थिइन् ।

उनले २०१४ देखि ५८ ओडिआई खेलमा कप्तानी गर्दा लानिङले ५० खेलमा जित दिलाएकी छिन् । दोस्रो ओडिआई ७ अप्रिल र तेस्रो ओडिआई १० अप्रिलमा हुने छ । तीन ओडिआई सिरिज भने १–१ को बराबरीमा सकिएको थियो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.