5 years ago
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर सुमन खतिवडाको उत्कृष्ट ब्याटिङको सहयोगमा ललितपुर मेयर–११ ले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

आइतबार ललितपुरले लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १७ रन बनायो । लुम्बिनी प्रदेशकी शीर्षक्रमकी सरस्वती घर्तीमगर ५२ बलमा २ चौका सहित सर्वाधिक ४६ रनमा अविजित रहिन् । ओपनर नितु भण्डारीले ३४ बलमा १ चौका सहित २० रनमा आउट भइन् । नेरी थापा २०, सरस्वती पुन ३ र लक्ष्मी चौधरी १ रनमा आउट भए । ललितपुरकी सरस्वती कुमार चौधरी, शीला क्षेत्री र आरति विडारी १–१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । ललितपुरको लागि तल्लोक्रमकी अलराउन्डर सुमन खतिवडा ५२ बलमा ९ चौका र २ छक्का सहित ७७ रनमा अविजित रहिन् । अस्मिना कर्माचार्य २८ बलमा २० रनमा अविजित रहिन् ।
खराब अवस्थामा पुगेको ललितपुरलाई सुमनले तल्लोक्रममा उत्कृष्ट ब्याटिङका साथ बलियो योगफलमा पुर्याएकी थिइन् । एक समय ३६–५ को खराब अवस्थामा रहेको ललितपुरलाई छैटौं विकेटका लागि अस्मिना र सुमनले १ सय ८ रनको उत्कृष्ट शतकीय साझेदारीका साथ बलियो योगफलमा पुर्याए ।

तेस्रो ओभरको पाँचौ बलमा सुस्मिता भुषालले ओपनर विन्दा कटुवाललाई ५ रनमा सरस्वती पुनबाट क्याच गराउँदै पहिलो सफता दिलाएकी थिइन् । चौथो ओभरको पहिलो बलमा स्वस्तिका बजगाईंले अनुराधा चौधरीलाई १० रनमा एलबिडब्लू आउट गरिन् । सोभा आले र सरस्वती कुमारी चौधरीलाई १–१ रनमा आउट भएपछि खराब सुरुवात गरेको थियो । सुस्मिता भुषाल, स्वस्तिका बजागाईं, कृतिका मरासिनी र सरस्वती पुनले १–१ विकेट लिए ।
पहिलो खेलमा ललितपुर सुदूरपश्चिमसँग ७ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा ललितपुरले मंगलबार एपिएफसँग खेल्ने छ । लुम्बिनीले दोस्रो खेलमा सोमबार प्रदेश १ सँग खेल्ने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]