5 years ago
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद)– धुर्मस सुन्तली फाउन्डेसनको पहलमा जनस्तरबाट चितवन भरतपुर नगरपालिकामा निर्माणाधिन बहुउद्देश्यीय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा देशका ख्याती प्राप्त खेलाडीहरुले ऐक्यबद्धता जनाएका छन् ।

रंगशालाका खेलकुद समितिका संयोजक समेत रहेका ओलम्पियन दीपक विष्टसहित २६ खेलाडीले आइतबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै रंगशालामा निर्माणको सुरुवातका चरणबाट नै फाउन्डेसनलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा आफूहरु अभियानमा जोडिएको स्मरण गराएका छन् । मुख्य रंगशाला क्रिकेटकै भएपनि अन्य थुप्रै खेलका संरचना त्यहाँ बनिरहेको छ त्यसलाई उनीहरुले समग्र नेपाली खेलाडीको धरोहर निर्माण भइरहेको उल्लेख गरेका छन् ।
देशलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने खेलाडीहरु तयार पार्ने र खेल्ने त्यो पवित्र स्थल निर्माणमा देश विदेशमा रहेका नेपालीहरुको सहयोग रहदै आएको देख्दा खुसी लाग्छ जनाउँदै खेलाडीहरुले भनेका छन्,‘ फाउन्डेसनले ठूलो हिम्मतका साथ असम्भव झै लाग्ने अभियानको नेतृत्व गर्दा हामीले त्यस महान अभियानमा साथ दिनु हाम्रो परम कर्तव्य हुन आउँछ । क्रियासिल खेलाडी र नयाँ पुस्ताले निर्माण हुने त्यो संरचनाको उपयोग गरि आफ्नो प्रतिभालाई अझै निखार्नेछन् । हरेक खेल प्रेमी र देशवासीले त्यो अभियानमा साथ दिइराख्नु भएको हामीले प्रत्यक्ष रुपमा महसुस गरेका छौं ।’

रंगशाला निर्माणको महान अभियानमा हरेक नेपालीलाई जोडिन आव्हान गर्दै खेलाडीहरुले जनस्तरमा बन्ने त्यो रंगशाला देशवासीका लागि शानको विषय हो आफूहरुकोे ठम्माई रहेको जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहित देशका क्रियासिल महत्वपूर्ण पार्टीका शीर्षस्थ नेताहरुको उपस्थितिमा रंगशाला निर्माणका लागि जग्गा हस्तान्तरण भएको स्मरण गर्दै खेलाडीहरुले यस महान अभियानमा जोडिन पाउँदा गर्व महसुस भएको विज्ञप्तीमार्फत उल्लेख गरेका छन् ।
कला क्षेत्रमा स्थापित सीताराम कट्टेल (धुर्मस) र कुञ्जना घिमिरे (सुन्तली) ले खेलकुद क्षेत्रका लागि रंगशाला निर्माणको देखेको सपना अब सबै खेलाडीको सपना बनिसकेकोले त्यो रंगशाला खेलाडीहरुको मन्दिर भएको उनीहरु भनाई छ । पूर्वाधार बन्दा खेलाडी यसै हर्षित हुन्छ नै । सक्दा आर्थिक रुपमा पनि सहयोग गर्नुपर्ने हो, ओलम्पियन विष्टले भने,‘ आर्थिक सहयोग गर्न नसक्दा अन्य हिसाबले पनि सहयोग गर्नु हाम्रो कतव्र्य हो ।’

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले रंगशाला निर्माणमा सबैले साथ दिनुपर्ने बताएका छन् । ‘सरकारले गर्नुपर्ने पहलमा एउटा फाउन्डेसन अघि सरेको छ । यो देशकै लागि उदाहरणीय काम हो, उनले भने,‘ खेलाडी र खेलका लागि हुने हरेक काममा खेलाडी संघको समर्थन रहन्छ ।
विज्ञप्तीमा विष्ट, श्रेष्ठसहित राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान विनोद दास, पारस खड्का, राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान भरत शाह, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, अनिल गुरुङ, राष्ट्रिय बास्केटबल टोलकिा कप्तान सधिशप्रदान को हस्ताक्षर रहेको छ ।
त्यस्तै १३ औं दक्षिण एसियाली खेलकुद (साग) की ४ स्वर्ण पदक विजेता पौडीकी गौरिका सिंह, दोहोरो स्वर्ण पदक विजेता करोतका मन्देकाजी श्रेष्ठ, आषशा शाक्य, एसियाली खेलकुदका कास्य पदक विजेता दीपक महर्जनलगायत २६ जनाले एकबद्धता जनाएका छन् ।
रंगशालामा हाल प्यारापिट निर्माणको काम भइरहेको छ । रंगशालामा निर्माणका लागि झन्डै ३ अर्ब खर्च हुने बताएको छ । निर्माणमा बागमती प्रदेश, भरतपुर नगरपालिका, ललितपुर नगरपालिकालगायतले आर्थिक सहयोग गरेको छ । व्यक्तिगत रुपमा पनि देश विदेशमा रहेका नेपालीले पनि निर्माण अभियानमा आर्थिक सहयोग गर्दै आएका छन् । माघ २४ गते ग्रिष्मा एड्भटाइजिङले खेलाडी र कलाकारबीच स्टार क्रिकेट आयोजना भएको थियो । ग्रिष्माले निर्माणमा ५ लाख रुपैयाँ समेत हस्तान्तरण गरेको थियो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]