5 years ago
April 5, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) खेलाडीलाई आफ्नो प्रतिभा देखाउने सबैभन्दा ठूलो र राम्रो अवसर हो । विशेष गरेर राष्ट्रिय टोली सम्म पुग्न छायाँमा परेका खेलाडीलाई आइपिएल सबैभन्दा राम्रो अवसर मानिन्छ ।
आइपिएल २०२१ अप्रिल ९ देखि भारतमा सुरु हुँदैछ । सबै टोलीले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् । आइपिएलमा धेरै नाम चलेका खेलाडी हुन्छन् । अक्सनमा पनि खेलाडीको नाम, लय र अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनलाई हेरेर अनुबन्ध गर्ने गरिन्छ । तर अक्सनमा सबै नाम चलेका र स्टार खेलाडीमात्र विक्छन् भन्ने हुँदैन ।
घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका, राम्रो क्षमता र उच्च प्रदर्शन गर्न सक्ने युवा खेलाडीले पनि स्थान बनाउन सक्छन् । २०२१ मा केहि थोरै नाम चलेका खेलाडी छन् । जसमा कमैको ध्यान छ । तर तीनै खेलाडी टोलीको लागि भने महत्वपूर्ण बन्न सक्छन् । आइपिएल २०२१ मा सरप्राइज प्याकेज बन्न सक्ने ४ खेलाडी ।
१. मार्को जानसन (मुम्बई इन्डियन्स)

दक्षिण अफ्रिका तीव्र गतिका बलर मार्को जानसन मुम्बई इन्डियन्समा छन् । २० वर्षिय जानसनलाई अक्सनमा मुम्बईले २० लाख भारुमा अनुबन्ध गरेको थियो । ६ फिट ८ इन्च अग्ला मार्कोले सन २०१८ मा भारत दक्षिण अफ्रिका भ्रमणमा रहेका बेला जानसनले विराट कोहलीलाई नेटमा तीन पटक आउट गरेका थिए ।
जानसन १३७ देखि १४१.३ प्रतिघण्टाको तीव्र गतिमा बलिङ गर्ने गर्दछन् । मुम्बईको टोलीमा तीव्र गतिका प्रमुख बलरमा जस्प्रित बुमराह र ट्रेन्ट बोल्ट छन् । चार विदेशी कोटामा ट्रेन्ट बोल्ट, काइरन पोलार्ड, क्विन्टन डी ककको स्थान निश्चित जस्तै छ । चौथो खेलाडीमा न्युजिल्यान्डका अलराउन्डर जेम्स निशमको सम्भावना बढी देखिन्छ ।
निशमले प्रदर्शन अपेक्षा अनुसार नभएमा मार्कोले मौका पाउने सम्भावना देखिन्छ । मार्कोले तल्लोक्रममा राम्रो ब्याटिङ समेत गर्ने गर्दछन् । नाथन कुल्टर नाइल र निशमको प्रदर्शन टोलीको रणनीति अनुसार नभएमा भने मार्कोलाई मुम्बईले मौका दिन सक्ने सम्भावना देखिन्छ ।
मुम्बईले मार्कोलाई लिगको मध्य वा अन्त्य तिर मौका दिन सक्छ । मार्को देब्रे हाते बलर हुँदा रणनीतिमा अझ सहज हुन सक्छ । जुन अवस्थामा उनले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्दै मुम्बईको सरप्राइज प्याकेज बन्न सक्छन् ।
२. लुकमान मेरिवाला (दिल्ली क्यापिटल्स)
भारतीय २९ वर्षिय तीव्र गतिका बलर लुकमान मेरिवाला दिल्ली क्यापिटल्सबाट आइपिएल खेल्दै छन् । भारतीय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका लुकमान मेरिवालालाई दिल्लीले २० लाख भारुमा अक्सनमा खरिद गरेको थियो । दिल्लीको भारतीय तीव्र गतिको बलिङ गतवर्ष निकै कमजोर थियो ।
दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्किया र कागिसो रबाडालाई तेस्रो भारतीय बलरले साथ दिने छन् । दिल्लीको पहिलो रोजाईमा उमेश यादव देखिन्छन् । उमेश यादवको प्रदर्शन कमजोर भएको खण्डमा दिल्लीसँग लुकमान राम्रो विकल्प हुन् ।
लुकमानले बरोडाबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । लुकमान राम्रो लयमा छन् । यस सिजनको शैद मुश्ताक अली ट्रफी टि२० क्रिकेटमा उच्च प्रदर्शन गरेका थिए । उनले ८ खेलमा १५ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थानमा थिए । यस सिजनको आइपिएलमा दिल्लीको सरप्राइज प्याकेज बन्न सक्छन् ।
३.मोहम्मद अजहरुद्दीन (बंगलोर)
रोयल च्यालेन्जर्स बेंगलोरबाट २७ वर्षिय विकेटकिपर मोहम्मद अमहरुद्दीन आइपिएल खेल्दै छन् । बेंगलोरको टोलीबाट उनले ओपनिङ गर्ने सम्भावना छ । उनलाई बेंगलोरले २० लाख भारुमा अनुबन्ध गरेको थियो ।
बेंगलोरको ओपनिङ विराट कोहली र देवदत्त पाडिक्कलले गर्ने छन् । तर पाडिक्कललाई कोरोना संक्रमण देखिएको छ । पाडिक्कल उपलब्ध हुन नसकेको खण्डमा बेंगलोरले अजहरुद्दीनलाई मौका दिने सम्भावना देखिन्छ । अर्कोतर्फ बेंगलोरले मध्यक्रममा पनि खेलाउन सक्छ ।
शैद मुश्ताक ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेका अजहरुद्दीन सरप्राइज प्याकेज बन्न सक्छन् । उनले शैद मुश्ताकमा मुम्बईलाई ८ विकेटले हराउन केरलाबाट १ सय ३७ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । उनले मात्र ५४ बलमा ११ छक्का र ९ चौका सहित १ सय ३७ रनको अविजित इनिङ खेलेपछि १ सय ९७ रनको विजयी लक्ष्य केरलाले १५.५ ओभरमै पूरा गरेको थियो । प्रतियोगिता भर राम्रो प्रदर्शन गरेका उनको स्ट्राइकरेट १ सय ९५ रन थियो ।
४. वेन्कटेश ऐर (कोलकाता नाइट राइडर्स)

मध्य प्रदेशका २६ वर्षिय शीर्षक्रमका ब्याट्सम्यान वेन्कटेश ऐरलाई कोलकाताले अक्सनमा २० लाख भारुमा अनुबन्ध गरेको थियो । आइपिएलमा कोलकाताको ओपनिङ अस्थिर छ । कोलकाताले यस सिजनमा सुभमन गिलका साथ ऐरलाई गराउन सक्छ । जसमा ऐर कोलकाता सरप्राइज प्याकेज बन्न सक्छन् ।
उनले शैद मुश्ताकमा उत्कृष्ट प्रदर्शन गर्दै ५ खेलमा २ सय २७ रन बनाएका थिए । उनले सौराष्ट्रविरुद्ध ८८ र गोआविरुद्ध ८७ रनको अविजित इनिङ खेलेका थिए । ऐर ब्याटिङसँगै मध्यक्रममा बलिङ पनि गर्ने गर्दछन् । पार्टटाइमको राम्रो विकल्प हुन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]