default_image

5 years ago

April 4, 2021

जमानको सर्वोत्कृष्ट शतकका बाबजुद पाकिस्तान पराजित

189 views

0 Bookmark

एजेन्सी – ओपनर फखर जमानको सर्वोत्कृष्ट शतकका बाबजुद पाकिस्तान दोस्रो ओडिआई खेलमा दक्षिण अफ्रिकासँग १७ रनले पराजित भएको छ । योसँगै तीन ओडिआई सिरिज १–१ को बराबरीमा पुगेको छ ।

जितका लागि ३ सय ४२ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय २४ रन बनायो ।पाकिस्तानका ओपनर फखर जमान १ सय ५५ बलमा १८ चौका र १० छक्का सहित १ सय ९३ रनमा रन आउट भए । अन्तिम ओभरको पहिलो बलमा दुई रन लिनेक्रममा रन आउट भएपछि जमान आफ्नो ओडिआई करिअको दोस्रो दोहोरो शतक बनाउन ७ रनले चुकेका थिए । जमानको यो ओडिआई करिअरको पाँचौं शतक हो । जमान बाहेक पाकिस्तानका अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

जमानले एकतर्फबाट उत्कृष्ट प्रदर्शन गर्दा अर्को इनिङबाट भने कुनैपनि ब्याट्सम्यानको राम्रो साथ पाउन सकेनन् । त्यसैको कारण पाकिस्तान पराजित हुन पुग्यो । ओपनर इमाम उल हक ५, बाबर आजम ३१, मोहम्मद रिजवान शून्य, सादब खान १३ र आसिफ अली १९ रनमा आउट भए । दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्कियाले १० ओभरमा १ मेडन सहित ६३ रन खर्चेर ३ विकेट लिए । एन्डिले फहलुकवयोले २ विकेट लिए । कागिसो रबाडा, लुन्गी एनगिडी र तबरेज शाम्शीले १–१ विकेट लिए ।


त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४१ रन बनाएको थियो । दक्षिण अफ्रिका कप्तान टेम्वा बभुमाले १ सय २ बलमा ९ चौका सहित सर्वाधिक ९२ रनको योगदान दिए । ओपनर तथा विकेटकिपर क्विन्टन डी ककले ८६ बलमा १० चौका र १ छक्का सहित ८० रन बनाउँदै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

मध्यक्रममा रास्सी भान डर डुसेनले ३७ बलमा ६ चौका र ४ छक्का सहित ६० रनको योगदान दिए । डेविड मिलर २७ बलमा ३ चौका र ३ छक्का सहित ५० रनमा अविजित रहे । एडेन माक्ररम ३९ र हेनरिक क्लासेन ११ रनमा आउट भए । पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । फहिम अशरफ, मोहम्मद हसनैन र शाहिन अफ्रिदीले १–१ विकेट लिए । पहिलो खेलमा पाकिस्तान ३ विकेटले विजयी भएको थियो । तेस्रो ओडिआई खेल अप्रिल ७ मा हुने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.