5 years ago
April 5, 2021
एजेन्सी – पाकिस्तानका ओपनर फखर जमानले दक्षिण अफ्रिकाविरुद्ध दोस्रो ओडिआई खेलमा उत्कृष्ट शतकका साथ दुई विश्व कीर्तिमान बनाएका छन् ।

आइतबार राती सम्पन्न खेलमा पाकिस्तान दक्षिण अफ्रिकासँग १७ रनले पराजित भएपनि जमानले उत्कृष्ट ब्याटिङ गरेका थिए । जितका लागि ३ सय ४२ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय २४ रन बनाएको थियो । जमान १ सय ५५ बलमा १८ चौका र १० छक्का सहित १ सय ९३ रनमा रन आउट हुन पुगेका थिए ।

जमानले दुबै कीर्तिमान अष्ट्रेलिया पूर्व ओपनर ब्याट्सम्यान शेन वाटसनको तोडेका हुन् । जमानले ओडिआई क्रिकेटमा लक्ष्य पछ्याउनेक्रममा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् । जमान अघि ओडिआईमा लक्ष्य पछ्याउनेक्रममा सर्वाधिक रन वाटसनले सन् २०११ मा बंगलादेशविरुद्ध ९६ बलमा १५ चौका र १५ छक्का सहित १ सय ८५ रनको अविजित इनिङ खेल्दै बनाएका थिए । वाटसनको उत्कृष्ट प्रदर्शनमा २ सय ३० रनको विजयी लक्ष्य अष्ट्रेलियाले २६ ओभरमै पूरा गरेको थियो

जमान दोस्रो ओडिआई खेलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि बनेका छन् । वाटसनले बंगलादेशविरुद्ध १ सय ८५ रनमा अविजित रहेका थिए । दोस्रो ओडिआई खेलमा भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीले सन् २००५ मा जयपुरमा १ सय ८३ रन अविजित रहेका थिए । विराट कोहलीले २०१२ मा पाकिस्तानविरुद्ध मरिपुरमा १ सय ८३ रनमा आउट भएका थिए ।
जमान सर्वाधिक रन बनाउँदा पनि टोली पराजित हुने दोस्रो खेलाडी हुन् । यसअघि सन् २००९ मा जिम्बावेका ब्याट्सम्यान चार्ल्स कोभन्ट्रीले तेस्रो नम्बरमा ब्याटिङ गर्दै १ सय ९४ रनमा अविजित रहेपनि पराजित हुन पुगेको थियो । उक्त खेलमा बंगलादेशले १३ बल अगाडि ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।

जमान पाकिस्तानबाट ओडिआईमा दोहोरो शतक प्रहार गर्ने पहिलो र एक्लो ब्याट्सम्यान हुन् । उनले सन् २०१८ मा जिम्बावेविरुद्ध २ सय १० रनको अविजित इनिङ खेलेका थिए । सन् २०१७ मा भारतलाई हराउँदै पाकिस्तानलाई च्याम्पियन्स ट्रफीको उपाधि जिताउन जमानले १ सय १४ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]