5 years ago
April 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमकी ब्याटर सरस्वती घर्तीमगरको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता पाँचौ खेलमा प्रदेश १ लाई १ सय ५ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ४ रन बनायो ।
लुम्बिनी प्रदेशको लागि सरस्वती घर्तीमगर ६६ बलमा ५ चौका सहित सर्वाधिक ५० रनमा अविजित रहिन् । सरस्वतीले ६६ बलमा अर्धशतक पूरा गरिन् । सरस्वतीले पहिलो खेलमा ललितपुर मेयर–११ विरुद्ध ४६ रनको अविजित इनिङ खेलेकी थिइन् । कप्तान नेरी थापा १५ बलमा ३ चौका सहित २० रनमा अविजित रहिन् ।
दोस्रो विकेटका लागि नितु भण्डारी र सरस्वती घर्तीमगरले ५९ रनको साझेदारी गरेका थिए । नितु १५ औं ओभरको पाँचौ बलमा तालमेल नमिल्दा १८ रनमा रन आउट हुन पुगिन् । नितुले ३३ बलको समना गर्दा कुनै बाउन्ड्री भने प्रहार गर्न सकिनन् । ओपनर वर्षा रानालाई सबनम राईले तेस्रो ओभरको तेस्रो बलमा शून्यमा बोल्ड आउट गरेकी थिइन् । सबनम राईले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिइन् । प्रदेश १ का अन्य बलरले भने विकेट लिन सकेनन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]