default_image

5 years ago

April 6, 2021

त्रिकोणात्मक टि२० आई सिरिजको टिकट मूल्य तय

224 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वैशाखमा नेपाल, मलेसिया र नेदरल्याड्सबीच हुने टि२० त्रिकोणात्मक सिरिजको टिकट मूल्य निर्धारण गरेको छ ।

क्यानले त्रिकोणात्मक मूल्य १ सय ५० रुपैयाँ तोकेको छ । खेलको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनले गर्ने छ । मुख्य प्रायोजनमा बजाज पल्सर रहेको छ । खेल दिउँसो २:१५ देखि ५:१५ सम्म हुने छ । सिरिज टियु क्रिकेट मैदानमा नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच वैशाख ४ देखि ११ सम्म हुने छ । डबल लिगको आधारमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

नेपालले टियु मैदानमा पछिल्लो समय गतवर्ष माघमा ओमान र अमेरिकासँग आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओडिआई त्रिकोणात्मक सिरिज खेलेको थियो । नेपालले १४ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्दै छ । नेपालले पछिल्लो पटक फागुन थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० एसिया छनोट खेलेको थियो । प्रशिक्षक देभ ह्वाटमोरको प्रशिक्षकमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल समेत खेल्ने छ ।

बन्द प्रशिक्षणमा बोलाइएका २० खेलाडी :

ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, साहब आलम, सन्दीप जोरा, विक्रम शोब, पवन सर्राफ र ललित नारायण राजवंशी ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.