5 years ago
April 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी स्पिनर बिुन बुढामगरको घातक बलिङसँगै ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता छैटौं खेलमा ललितपुर मेयर्स-११ ले नेपाल एपिएफ क्लबलाई ६७ रनको सामान्य लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाउँदै ६६ रन बनायो । ललितपुरका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ललितपुरकी युवा ब्याटर तथा विकेटकिपर कञ्चन श्रेष्ठले सर्वाधिक १७ रन बनाइन् । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । स्पिनर बिनु बुढामगरले मध्यक्रममा उत्कृष्ट बलिङका साथ धरासय बनाएकी थिइन् । कञ्चनले ३० बलमा २ चौका प्रहार गरिन् । सन्तोषी चौधरी १९ बलमा २ चौका सहित १३ रनमा अविजित रहिन् ।

दोस्रो ओभरको चौथो बलमा सुमन विष्टले ओपनर अनुराधा चौधरीलाई ममता चौधरीबाट ९ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएकी थिइन् । तेस्रो ओभरको पहिलो बलमा रेखा रावलले विन्दा कटुवाललाई १ रनमा बोल्ड आउट गरिन् । तेस्रो विकेटका लागि कप्तान सरस्वती चौधरी र कञ्चनले ३० रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए । नवौं ओभरको पाँचौं बलमा स्पिनर बिनु बुढामगरले सरस्वतीलाई १२ रनमा कट एण्ड बोल्ड आउट गर्दै पेभिलिएन फर्काएपछि ललितपुरले एकपछि अर्को लगातार विकेट गुमाएको थियो ।

बिनुले सुमन खतिवडालाई ३ रनमा बोल्ड आउट गरेपछि ललितपुरको बलियो योगफलको सम्भावना टाढिएको थियो । बिनुले कन्चन र अस्मिना कर्माचार्य २ रनमा आउट गरेपछि ललितपुर ५०–७ को खराब अवस्थामा पुगेको थियो ।
एपिएपकी अनुभवी स्पिनर बिनु बुढामगरले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिइन् । रेखा रावलले ४ ओभरमा १ मेडन सहित २१ रन खर्चेर २ विकेट लिइन् । सुमन विष्ट, करुणा भण्डारी र सीता रानामगरले १–१ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]