5 years ago
April 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता सातौं खेलमा प्रदेश-१ लाई १ सय ३० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २९ रन बनायो । सुदूरपश्चिमकी विन्दु रावलले ५८ बलमा ४ चौका सहित सर्वाधिक ५२ रनको योगदान दिइन् । विन्दुले ५४ बलमा अर्धशतक पूरा गरेकी थिइन् । विन्दुले १७ औं ओभरको अन्तिम बलमा सबनम राईलाई चौका प्रहार गर्दै अर्धशतक प्रहार गरेकी थिइन् । पहिलो ओभरको पहिलो बलमै ओपनर मञ्जु बोगटीलाई सबनम राईले शून्यमा एलबिडब्लू आउट गरेकी थिइन् ।

दोस्रो विकेटका लागि रेवती धामी र विन्दु रावलले ७४ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलको आधार तय गरेका थिए । १३ औं ओभरको पहिलो बलमा रेवती दुई रन लिनेक्रममा ३० रनमा रन आउट हुन पुगिन् । रेवतीले ३२ बलमा ३ चौका प्रहार गरिन् । विन्दुलाई १९ औं ओभरको पहिलो बलमा सबनमले बोल्ड आउट गरेकी थिइन् । कविता जोशी २४ बलमा २ चौका सहित २१ रनमा आउट भइन् । डली भट्ट ८ रनमा अविजित रहिन् ।
प्रदेश १ की सबनम राईले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिइन् । ज्योती दनुवारले १ विकेट लिइन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]