5 years ago
April 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) आइसिसी डेभलप्मेन्ट अवार्डको मनोनयनमा परेको छ । कोरोनाका कारण ठप्प क्रिकेटलाई पुनः सुचारु गर्न आ आफ्नोतर्फबाट कोसिस गर्ने देशका क्रिकेट संघलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले डेभलप्मेन्ट अवार्डको मनोनयमा समेटेको छ ।

नेपालसहित अन्य देश कसरी मनोनयमा पर्न सफल भए भन्ने विषयलाई पनि आइसिसीले उल्लेख गरेको छ । क्रिकेटलाई पुनः सुचारु गर्न क्यानले गरेको प्रयासका कारण मनोनयमा परेको उल्लेख गरिएको छ ।
क्यानले कोरोना महामारीको समयमा गत पुषमा दाङको लमहीमा प्रधानमन्त्री महिला टि२० क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । त्यस्तै माघमा पुरुष प्रधानमन्त्री कप एकदिवसिय किकेट प्रतियोगिता आयोजन गरेको थियो ।
मनोनयमा परेका राष्ट्र आफ्नो क्षेत्रको भने विजेता रहेका छन् । नेपालले एसिया क्षेत्रको विजेता बन्दै ग्लोबल मनोनयनमा पर्न सफल रहेको हो । मुख्य अवार्ड अप्रिल २० मा घोषणा हुनेछ ।
नामिबियाले क्षमता अभिबृद्धि, अर्जेन्टिनाले अन लाई कोचिङ, अम्पाएरिङ र स्कोरिङ कोर्ष सञ्चालन गरेको, भानुआटुले महिला क्रिकेट टि ट्वान्टी फाइनल र महिला टि ट्वान्टी प्रतियोगिता लाइभ स्ट्रिमिङ र इटालीले क्रिकेट मेनिया गरेको उल्लेख गरेका छ । आइसिसीले अप्रिल २० मा मनोनयनमा परेका राष्ट्रिय क्रिकेट संघमध्येबाट विजेता घोषणा गरिने जनाएको छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]