default_image

5 years ago

April 7, 2021

बेंगलोरले आइपिएल जित्ने चार आधार

212 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरलाई सफल खेलाडीको असफल टोली भन्ने गरिन्छ । टोलीमा हरेक संस्करणमा विश्व क्रिकेटका चर्चित खेलाडी भएपनि हालसम्म उपाधि जित्न सकेको छैन ।

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको नेतृत्वमा रहेको बेंगलोर पहिलो उपाधि जित्ने रणनीतिमा छ । गत फेब्रुअरीमा चेन्नईमा भएको आइपिएल अक्सनमा टोली सन्तुलन र उपाधिको लागि बेंगलोरले दुई खेलाडीलाई मात्र झण्डै ३० करोड भारु खर्चेको थियो ।

अक्सनमा अष्ट्रेलिया आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेललाई १४ करोड २५ लाख र न्युजिल्यान्डका अलराउन्डर काइल जामिसनलाई १५ करोड भारु खर्चेको थियो । म्याक्सवेलले तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दा पार्टटाइम स्पिन बलिङ गर्ने गर्दछन् । जामिसनले तीव्र गतिमा बलिङ गर्दा तल्लोक्रममा ठूला सटको क्षमता राख्छन् ।

बेंगलोर पछिल्लो पटक सन् २०१६ मा फाइनलमा पुग्दै सनराइजर्स हैदराबादसँग ८ रनले पराजित भएको थियो । त्यसअघि बेंगलोर २००९ र २०११ मा फाइनलमा पुगेपनि उपाधि जित्न सकेको थिएन । यस पटक बेंगलोरले आइपिएल अघि बलियो र सन्तुलित टोली निर्माण गर्दै उपाधिको प्रमुख दाबेदारी प्रस्तुत गरेको छ । गत सिजनमा प्ले अफबाट बाहिरिएको बेंगलोरले यस सिजनमा पहिलो आइपिएल उपाधि जित्न सक्ने चार आधार यस प्रकार छन् ।

४.सन्तुलित बलिङ

बेंगलोरको बलिङ युनिट यस सिजनमा सन्तुलित छ । गत वर्ष बेंगलोरको तीव्र र डेथ ओभर बलिङ कमजोर थियो । यस सिजनमा बेंगलोरमा अष्ट्रेलिया केन रिचर्डसन, ड्यानिल साम्स, डेन क्रिष्टियनसँगै न्युजिल्यान्डका काइल जामिसन छन् । यी चार मध्य दुई खेलाडीले तीव्र गतिको बलरको रुपमा खेल्ने देखिन्छ । चार विदेशी खेलाडी कोटामा अन्य दुई ब्याट्सम्यान हुने छन् ।

रिचर्डसनलाई छोड्ने हो भने अन्य सबैले तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता पनि राख्छन् । रिचर्डसन, साम्स र जामिसन डेथ ओभरमा राम्रो बलिङ गर्दै आएका छन् । भारतीय तीव्र गतिका बलरमा नवदीप सैनी र मोहम्मद सिराज छन् । स्पिनरमा भारतीय सिमित ओभरका प्रमुख स्पिनर युजभेन्द्र चहल, अष्ट्रेलिया एडम जाम्पा र शहवाज नदिम लगायतका स्पिनर छन् । यस सिजनमा बेंगलोरको बलिङ सन्तुलित छ । त्यसैले उपाधि यात्रा सहज बन्न सक्छ ।

३. बलिङमा विकल्प हुनु

पछिल्लो संस्करणहरुमा बेंगलोरको तीव्र गतिको बलिङ हारको प्रमुख कारण बन्दै आएको छ । गतवर्ष बेंगलोरसँग तीन मात्र विदेशी खेलाडी थिए । डेल स्टेन, इसुरु उडाना र क्रिस मोरिस । डेल स्टेनको खराब प्रदर्शन पछि उडानले मौका पाए । बेंगलोरले उडाना र मोरिसलाई मैदान उतार्यो । यी दुई मध्य एकले खराब प्रदर्शन गर्दा परिवर्तन गर्ने अर्को बलर थिएन । जसले गर्दा तीव्र गतिको बलिङ कमजोर थियो ।

उक्त कमजोर बलिङ सुधारको लागि जामिसनमाथि पैसाको वर्षा गराएको थियो । यस सिजनमा जामिसन र रिचर्डसन पहिलो रोजाईमा खेल्ने छन् । यी दुई खेलाडी मध्य एकले खराब प्रदर्शन गर्दा डेन क्रिष्टियन र ड्यानियल साम्स राम्रो विकल्पमा हुने छन् । टोलीमा स्थान बनाईराख्न मौका पाएको खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । टोली भित्रै उच्च प्रतिस्पर्धा हुँदा त्यसको फाइदा नतिजामा हुनेछ ।

२. विराटको लय र उपाधि भोक

कप्तान विराट कोहली राम्रो लयमा छन् । आइपिएल अघि विराटले इंग्ल्यान्डविरुद्ध पाँच टि२० आई सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । विराटले दोस्रो टि२० आईमा ७३ र तेस्रोमा ७७ रनको अविजित इनिङ खेलेका थिए । अन्तिम टि२० आई खेलमा विराटले ओपनिङ गर्दै ८० रनको अविजित इनिङ खेलेका थिए ।

सर्वाधिक भरपर्दा ब्याट्सम्यान विराटले यस सिजनमा ओपनिङ गर्दै छन् । विराटले आफ्नो विकेट हतपत गुमाउँदैनन् । विराटले एकतर्फबाट राम्रो साथ दिँदा अर्को इनिङबाट डिभिलियर्स र ग्लेन म्याक्सवेललाई ठूलो इनिङ खेल्न सहज हुने छ ।

कोहली क्रिजमा रहँदा सम्म बलरलाई दबाबमा राख्ने गर्दछन् । अर्कोतर्फ विराटमा आइपिएलको उपाधिको भोक र दबाब दुबै छ । रोहित शर्माले मुम्बई इन्डियन्सलाई पाँच आइपिएल उपाधि जिताउँदा कोहली असफल हुँदै आएका छन् । धेरैले कोहलीलाई हटाएर रोहितलाई भारतीय टि२० टोलीको कप्तान बनाउनु पर्ने अवाज समर्थक उठाउँदै आएका छन् । कोहली त्यसैले उपाधि खडेरी तोड्न हर प्रयास गर्ने छन् ।

१. डिभिलियर्स र म्याक्सवेल टोलीमा हुनु

विश्व क्रिकेटका दुई विष्फोटक ब्याट्सम्यान एवि डी भिलियर्स र ग्लेन म्याक्सवेल बेंगलोरमा छन् । म्याक्सवेल र डी भिलियर्सले एकै ओभरमा खेललाई मोड्न सक्ने क्षमता भएका उत्कृष्ट पावर हिटर ब्याट्सम्यान हुन् । डी भिलियर्स मैदानको जुनसुकै भागमा चौका र छक्का प्रहार गर्न सक्ने अद्धभुत क्षमता भएका खेलाडी हुन् ।

टि२० क्रिकेटमा यी दुई ब्याट्सम्यान क्रिजमा रहँदा पनि बलरलाई दबाब महसुस हुन्छ । गतवर्ष डी भिलियर्स नचलेको खण्डमा बेंगलोरको फिनिसिङ कमजोर हुने गर्दथ्यो । तर यस सिजनमा डी भिलियर्स नचल्दा म्याक्सवेल तथा म्याक्सवेल नचल्दा डी भिलियर्स छन् । यी दुई ब्याट्सम्यानलई छक्का चौकाको वर्षाको साथ विशाल योगफल बनाउन र पूरा गर्न सक्छन् ।

डी भिलियर्सलाई दक्षिण अफ्रिका टोलीबाट विश्वकप खेल्न उच्च प्रदर्शन गर्नुपर्ने दबाब पनि छ । आक्रामक ब्याटिङ गर्ने वातावरण ओपनर कोहली र देवदत्त पाडिक्कलले गर्ने छन् । गतवर्ष बेंगलोरबाट डेब्यू गर्दै उत्कृष्ट प्रदर्शन गरेका पाडिक्कल यस सिजनमा पनि उच्च लयमा छन् । भारतीय घरेलु क्रिकेट विजय हजारेमा पाडिक्कलले लगातार चार शतक प्रहार गरेका थिए ।

पाडिक्कले खराब प्रदर्शन गरेमा भारतीय क्रिकेटमा उच्च प्रदर्शन गर्दै आएका मोहम्मद अजहरुद्दिन पनि टोलीको राम्रो विकल्प हुन् । एवि डिभिलियर्स र म्याक्सवेल जस्ता विष्फोटक ब्याट्सम्यान टोलीमा हुँदा पहिलो पटक उपाधि जित्न सक्छ ।

रोयल च्यालेन्जर्स बेंगलोर २०२१ : विराट कोहली, एबि डिभिलियर्स, युजभेन्द्र चहल, देवदत्त पाडिक्कल, वासिन्टन सुन्दर, मोहम्मद सिराज, नवदीप सैनी, एडम जाम्पा, शहवाज नदिम, फिन एलेन, केन रिचर्डसन, पवन देशपान्डे, ड्यानियल साम्स, हर्षल पटेल , काइल जामिसन, ग्लेन म्याक्सवेल, डेन क्रिष्टियन, सचिन वेबी, राजत पतिदार, मोहम्मद अजहरुद्दिन, सिकर भारत र सुयस प्रधुदेसमई ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.