5 years ago
April 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश लुम्बिनी प्रदेशमाथि ८ विकेटको सानदार जितसँगै ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ । उपाधिको लागि सुदूरपश्चिमले नेपाल एपिएफ क्लबसँग शनिवार खेल्ने छ ।

जितको लागि ७३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १२.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर मञ्जु बोगटी ३० बलमा ३ चौका सहित २६ रनमा आउट भइन् । विन्दु रावल २० बलमा २ चौका सहित १७ रनमा अविजित रहिन् । कविता जोशी ४ रनमा अविजित रहिन् । रेवती धामी २२ बलमा २ चौका सहित १७ रनमा आउट भइन् । कृतिका मरासिनीले २ विकेट लिइन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै ७२ रन बनायो । लुम्बिनीकी विकेटकिपर लक्ष्मी चौधरीले २९ बलमा ३ चौका सहित २६ रनको योगदान दिइन् । कप्तान नेरी थापाले ११ रनमा आउट हुँदा वर्षा राना ८ रनमा अविजित रहिन् । लुम्बिनीका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

चौथो ओभरको दोस्रो बलमा मध्यगतिकी बलर सुनिता लोहारले ओपनर नितु भण्डारीलाई ४ रनमा एलबिडब्लू आउट गर्दै पहिलो सफलता दिलाएकी थिइन् । नवौं ओभरको पाँचौं बलमा कविता जोशीले सरस्वती घर्तीमगरलाई ९ रनमा बोल्ड आउट गर्दै दोस्रो सफलता दिलाएकी थिइन् । १२ औं ओभरको पाँचौं बलमा लक्ष्मीले सुनिता लोहारबाट लक्ष्मी चौधरीलाई उत्कृष्ट क्याच आउट गराएपछि लुम्बिनी दबाबमा परेको थियो ।
१४ औं ओभरमा लक्ष्मीले तीन विकेट लिएपछि लुम्बिनीको संकटमा परेको थियो । सरस्वती पुन २, एलिसा केसी ३ मधु डिसी, स्वस्तिका बजागाई र कृतिका मरासिनीले खाता खोल्न सकेनन् ।

लक्ष्मीले मंगलबार प्रदेश १ विरुद्ध ह्याट्रिक गरेकी थिइन् । लुम्बिनी प्रदेशविरुद्ध पनि उच्च प्रदर्शन गर्दै ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिइन् । कप्तान ऋतु कनोजियाले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिइन् । कविता जोशी, सुनिता लोहारले १–१ विकेट लिए ।
यो जितसँगै सुदूरपश्चिम ४ खेलमा ३ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । एपिएफ ३ खेलमा ३ मानै जितका साथ शीर्ष स्थानमा छ । तीन महिना अघि प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता च्याम्पियन प्रदेश-१ ३ खेलमा २ हार र १ मा जित सहित २ अंकका साथ तेस्रो स्थानमा छ । ललितपुर-११ ले ३ खेलमा २ हार र १ मा जितका चौथो स्थानमा । लुम्बिनी तीनै खेलमा पराजित हुँदै पुछारमा छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]