default_image

5 years ago

April 9, 2021

मुम्बईले उपाधि ह्याट्रिक गर्न सक्ने ५ बलिया आधार

190 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्स सर्वाधिक सफल फ्रेन्चाइज टोली हो । १३ संस्करण आइपिएल मध्य पाँच उपाधि मुम्बईको नाममा छ । जुन कुनैपनि फ्रेन्चाइज टोलीले आइपिएलमा जितेको सर्वाधिक उपाधि हो ।

भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्माले सन् २०१३ मा मुम्बईलाई पहिलो उपाधि जिताएका थिए । त्यसपछि रोहितको कप्तानीमा मुम्बईले २०१५, २०१७, २०१९ र २०२० मा उपाधि जित्नै सर्वाधिक सफल टोली बनाए । कुनैपनि टोली सफल हुन खेलाडीसँगै कप्तान, प्रशिक्षक र ब्यवस्थापन पनि त्यतिनै उत्कृष्ट हुनुपर्छ ।

अक्सनमा गर्ने खेलाडी अनुबन्धले पछि नतिजामा धेरै प्रभाव पार्छ । अक्सन अघि कुन खेलाडीलाई फुकुवा र अनुबन्ध (रिलिज र रिटेन) गर्छ त्यसले प्रदर्शन र टोली निर्माणमा ठूलो प्रभाव पार्ने गर्दछ । पछिल्लो सिजनमा मुम्बईले आफ्नो एक्लौटी दबाब कायम गर्दै उपाधि जितेको थियो । विश्व स्टार खेलाडीले भरिभराउ मुम्बई पछिल्लो सिजनहरुमा अब्बल रहँदै आएको छ ।

टोलीमा गतवर्षका खेलाडीलाईनै निरन्तरता दिएको छ । मुम्बई उपाधिको ह्याट्रिक गर्ने पहिलो टोली बन्ने सोचमा छ । गतवर्ष उपाधि जित्दाका सबै प्रमुख खेलाडी यस सिजनको मुम्बई टोलीमा छन् । मुम्बईले यस सिजनको आइपिएल उपाधि जित्दै ह्याट्रिक गर्न सक्ने ५ बलिया आधार यस प्रकार छन् ।

५. म्याच विनर अलराउन्डर

मुम्बईमा म्याच विनर विश्व चर्चित अलराउन्डर छन् । भारतीय क्रिकेट टोलीका हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, वेस्टइन्डिजका काइरन पोलार्ड, न्युजिल्यान्डका जेम्श निसम र अष्ट्रेलिया नाथन कुल्टर नाइल मुम्बईका अलराउन्डर हतियार हुन् । हार्दिक र पोलार्ड हार्ड हिटर हुन् । जसले एकै ओभरमा खेललाई मोड्न सक्छन् । यी दुबै खेलाडी राम्रो लयमा पनि छन् । न्युजिल्यान्डका निसम पनि ठूला सट र इनिङलाई परिचित खेलाडी हुन् ।

क्रुनाल र नाथन कुल्टर नाइल पनि राम्रो ब्याटिङ गर्न सक्छन् । मुम्बईका शीर्ष र मध्यक्रमका प्रमुख ब्याट्सम्यान नचल्दा पनि तल्लोक्रममा हार्दिक, पोलार्ड, निसम, क्रुनालले आक्रामक ब्याटिङका साथ ठूलो इनिङ खेल्न सक्छन् । अर्कोतर्फ प्रमुख बलर नचल्दा पनि राम्रो विकल्पको रुपमा छन् । जसले गर्दा मुम्बईले यस सिजनको उपाधि जित्नै ह्याट्रिक गर्न सक्छ ।

४. उत्कृष्ट तीव्र गतिको बलिङ आक्रामण

तीव्र गतिको बलिङ आक्रामण मुम्बईको पहिचान हो । मुम्बईमा वर्तमान समयका दुई उत्कृष्ट तीव्र गतिका बलर जस्प्रित बुमराह र ट्रेन्ट बोल्ट छन् । बुमराह योर्कर र बोल्ट स्वीङका लागि परिचित खेलाडी हुन् । यी दुबै बलरले अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार आफ्नो दबदबा कायम गर्दै आएका छन् ।

पावर प्ले र डेथ ओभरको साथै मध्यक्रममा सबैमा बलिङ गर्ने यी दुई बलरको बलमा कुनैपनि ब्याट्सम्यानलाई रन जोड्न सहज हुँदैन । जसले गर्दा विपक्ष्य टोलीलाई मुम्बई सामू ठूलो योगफल बनाउन कठिन पर्न सक्छ ।

नयाँ बल र डेथ ओभर दुबैमा विकेट लिदै दबाबमा राख्छन् । गत सिजनमा बोल्टले २५ र बुमराहले २७ विकेट लिदै उपाधि सहज बनाएका थिए । यी दुई बलरलाई छाड्ने हो भने मुम्बईमा नाथन कुल्टर नाइल, एडम मिल्ने, धवल कुलकर्णी, अर्जुन तेन्दुलकर, मार्को जानसन लगायतका तीव्र गतिका बलर छन् । हार्दिक, पोलार्ड र निसम राम्रो पार्टटाइम विकल्प हुन् । मुम्बईको तीव्र गतिको बलिङ युनिट बलियो उत्कृष्ट हुँदा उपाधि सहज बन्न सक्छ ।

३. ब्याटिङ लाइनअपमा गहिराई

मुम्बईको ब्याटिङमा गहिराई छ । मुम्बई सिमित ब्याट्सम्यानमा निर्भर छैन । जसले गर्दा शीर्ष र मध्यक्रमका ब्याट्सम्यान विना दबाब खेल्छन् । मुम्बईको ओपनिङ रोहित शर्मा र क्विन्टन डी ककले गर्ने गर्दछन् । यी दुबै ब्याट्सम्यान ठूला सट इनिङको लागि परिचित छन् । यी दुई सस्तैमा आउट हुँदा ईशान किशन र सूर्य कुमार यादवले मध्यक्रम सम्हाल्ने छन् । सूर्य र किशन सस्तैमा आउट भए पनि त्यसपछि सम्हाल्ने हार्दिक र पोलार्ड छन् ।

यी ६ ब्याट्सम्यान मध्य एक क्रिजमा टिक्दा मुम्बईले विशाल योगफल बनाउन सक्छ । किनकी यी ६ ब्याट्सम्यान आक्रामक र ठूला इनिङका खेल्ने क्षमता भएका खेलाडी हुन् । तल्लोक्रममा क्रुनाल र जेम्श निसमले पनि ठूलो इनिङमा बदल्न सक्छन् । बोल्ट, बुमराह र राहुल चहर बाहेक मुम्बईका अन्य सबै ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सक्छन् । जसले हरेक ब्याट्सम्यान आफ्नो शैलीको खेल खेल्न पाउछन् ।

कुनै दबाब हुँदैन । एउटा आउट हुँदा अर्कोले सम्हाल्छ । एक दुई खेलाडीको खराब दिन रह्यो भन्दैमा सबैको हुने कुरा पनि हुँदैन । त्यसैले मुम्बईको ब्याटिङ मजबुत छ । मजबुत ब्याटिङले उपाधि सहज बनाउन सक्छ ।

२. बलियो र सन्तुलित टोली

मुम्बईको टोलीमा सन्तुलन छ । ब्याटिङ, बलिङ, फिल्डिङ, कप्तानी, ब्यवस्थापन सबैमा अब्बल छ । धेरै फ्रेन्चाइज टोलीको कसैको ब्याटिङ र केहिको बलिङ बलियो देखिन्छ । तर मुम्बईको टोलीमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उच्च छ । जसले विपक्ष्यले मुम्बईको कमजोरीको फाइदा उठाउन विपक्ष्यलाई कठिन पर्छ । त्यसैले मुम्बईले यो सिजनको आइपिएलको उपाधि जित्न सक्छ ।

१. रोहितको कप्तानी

मुम्बईलाई उत्कृष्ट र सफल बनाउन कप्तान रोहितको ठूलो हात छ । कुनैपनि टोलीमा राम्रो खेलाडी भएर मात्र टोली सफल बन्न सक्दैन । खेलाडीको क्षमतालाई निचेर त्यहि अनुसार भूमिका दिनसक्ने कप्तान पनि हुनुपर्छ । राम्रो कप्तानी गुण भएका खेलाडी हारेको खेल पनि जिताउन सक्छन् । कमजोर कप्तानले लिने निर्णयको कारण जितेको खेल पनि हार्न पुग्छ । चलाख र चतुर दिमाग भएका रोहित हारेको खेल पनि जिताउन सक्ने क्षमता राख्ने कप्तान हुन् । अर्कोतर्फ रोहितले खेलाडीलाई स्वतन्त्र छोड्छन् ।

खराब प्रदर्शन गर्दा पनि उ माथि विश्वास गर्दै थप हौसला प्रदान गर्छन् । कुनै दबाब राख्दैनन् । खेलाडीमाथिको विश्वासनै रोहितको सफलता हो । हार्दिक, सूर्य, किशन, क्रुनाल अहिलको स्तरसम्म आउनुमा रोहितको ठूलो हात छ । रोहितको उत्कृष्ट कप्तानी मुम्बईको ठूलो हतियार हो । रोहितको उत्कृष्ट कप्तानीमा मुम्बईले ह्याट्रिकसँगै छैटौं उपाधि जित्न सक्छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.