default_image

5 years ago

April 7, 2021

पाकिस्तानलाई ओडिआई सिरिज उपाधि

132 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले तेस्रो तथा निर्णायक ओडिआई खेलमा दक्षिण अफ्रिकालाई २८ रनले पराजित गर्दै तीन खेलको सिरिज २–१ ले जितेको छ । जितको लागि ३ सय २१ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४९.३ ओभरमा २ सय ९२ रनमा अल आउट भयो ।

दक्षिण अफ्रिका ओपनर जानेमान मलानले ८१ बलमा ८ चौका सहित सर्वाधिक ७० रनको योगदान दिए । मध्यक्रमका काइल भेरिनले ५३ बलमा ३ चौका र ३ छक्का सहित ६२ रनको योगदान दिए । एन्डिले फहलुकवयोले ६१ बलमा ३ चौका र २ छक्का सहित ५४ रन बनाए । अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् । एडेन माक्ररम १८, जेजे स्मट्स १७, कप्तान टेम्बा बभुमा २० र हेनरिक क्लासेन ४ र केशव महाराज १९ रनमा आउट भए ।

पकिस्तानका मोहम्मद नवाजले ७ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । शाहिन अफ्रिदीले ९.३ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । हरिस रौफले २, हसन अली र उस्मान कादिर १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय २० रन बनाएको थियो । पाकिस्तानका ओपनर फखर जमानले १ सय ४ बलमा ९ चौका र ३ छक्का सहित १ सय १ रनको शतकीय इनिङ खेले । जमानको यो लगातार दोस्रो शतक हो । ओडिआई करिअरको छैटौं शतक हो । दोस्रो ओडिआई खेलमा जमानले दक्षिण अफ्रिकाविरुद्ध १ सय ९३ रनको उत्कृष्ट इनिङ खेलेपनि टोलीलाई जिताउन सकेका थिएनन् । कप्तान बाबर आजम ८२ बलमा ७ चौका र ३ छक्का सहित ९४ रनमा क्याच आउट भए । हसन अली ११ बलमा १ चौका र ४ छक्का सहित ३२ रनमा अविजित रहे ।

पाकिस्तानलाई ओपनर इमाम उल हक र फखर जमानले पहिलो विकेटका लागि २१।२ ओभरमा १ सय १२ रनको शतकीय साझेदारीका साथ राम्रो सुरुवात दिलाएका थिए । स्पिनर केशव महाराजले इमामलाई ५७ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । इमामले ७३ बलमा ३ चौका प्रहार गरे । दोस्रो विकेटका लागि जमान र बाबरले ९४ रनको साझेदारी गरेका थिए । सातौं विकेटका लागि बाबर र हसनले २४ बलमा ६३ रनको उत्कृष्ट साझेदारी गर्दै बलियो योगफलमा पुर्याए ।

दक्षिण अफ्रिका स्पिनर केशव महाराजले १० ओभरमा १ मेडन सहित ४५ रन खर्चेर ३ विकेट लिए । एडेन माक्ररमले २, जेजे स्मट्स र एन्डिले फहलुकवयोले १–१ विकेट लिए ।

पहिलो खेलमा पाकिस्तान ३ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा १७ रनले पराजित भएको थियो । पाकिस्तान र दक्षिण अफ्रिकाबीच थप चार टि२०आई सिरिज पनि हुने छ । पहिलो खेल शनिवार हुने छ । दक्षिण अफ्रिका प्रमुख खेलाडी क्विन्टन डी कक, कागिसो रबाडा, एनरिच नोर्किया, डेविड मिलर लगायतका खेलाडी इन्डियन प्रिमियर लिग(आइपिएल) खेल्न भारत गएपछि टोली केहि कमजोर देखिएको छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.