5 years ago
April 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी स्पिनर वसन्त रेग्मी र मध्यक्रमका ब्याट्सम्यान पृथु बाँस्कोटा बिहिबार अमेरिकामा क्रिकेट खेल्न जान लागेका छन् ।

वसन्त र पृथु आज साझँ अमेरिकातर्फ टु एक्स क्रिकेट युएसए कप खेल्न जान लागेका हुन् । पृथु र वसन्त नेपाली राइनोज क्रिकेट क्लबबाट खेल्ने छन् । प्रतियोगिता १४ अप्रिलदेखि सुरु हुने छ । वसन्त र पृथुले अमेरिकामा अन्य पनि प्रतियोगिता खेल्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

२०७३ मा पारस खड्का नेतृत्वको नेपाली राइनोज क्रिकेट क्लबले अमेरिकामा टु एक्स क्रिकेट युएसए कप उपाधि जितेको थियो । फाइनलमा हस्टन स्पाक्र्सलाई ५४ रनले हराउँनै पारसको टोली विजयी भएको हो । मित्सुबिसीको प्रायोजन रहेको प्रतियोगिताको विजेता राइनोजले कारसहित ६० हजार २ सय ५० अमेरिकी डलर पनि प्राप्त गरेको थियो ।

उक्त प्रतियोगिता च्याम्पियन बन्दा वसन्त र पृथु पनि थिए । पारस, पृथु, ज्ञानेन्द्र मल्ल, शदर भेषावकर, सिद्धान्त लोहनी र सोमपाल कामी, वसन्त, सुवास खकुरेल गरि तत्कालिन सिनियर टोलीका ७ खेलाडी थिए । वसन्त र पारस बाहेक राइनोजमा नेपाली क्रिकेट टोलीका पूर्व खेलाडी कनिष्क चौलागाईं पनि खेल्ने छन् ।
नेपाली क्रिकेट टोलीले आगमी वैशाखमा नेदरल्यान्ड्स र मेलेसियासँग कीर्तिपुर मैदानमा त्रिकोणात्मक टि२० आई सिरिज खेल्दै छ । २० सदस्य टोली बन्द प्रशिक्षणमा बोलाउँदा वसन्त र पृथु भने अटाएका थिएनन् । पृथुले गत माघमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशबाट खेल्दै सर्वोत्कृष्ट ब्याट्सम्यान चुनिएका थिए । उक्त प्रतियोगिताबाट पृथुले ५ खेलमा २ सय १५ रनका साथ शीर्षस्थानमा थिए । वसन्तले घरेलु क्रिकेट नेपाल एपिएफ क्लबबाट खेल्ने गर्दछन् ।

पृथु सन् २०१५ स्कटल्यान्ड भ्रमणदेखि नेपाली टोलीमा छैनन् । गत माघमा पृथुलाई चैतमा ओमानमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसिय त्रिकोणात्मक सिरिजको लागि सुरुवाती बन्द प्रशिक्षणमा बोलाएपनि उक्त सिरिजनै स्थगित हुन पुगेको थियो । वसन्तलाई पनि उक्त सिरिजमा बन्द प्रशिक्षणमा बोलाएको थियो । वसन्त भने सन् २०१९ सिंगापुर भ्रमणदेखि नेपाली टोलीमा छैनन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]