default_image

5 years ago

April 8, 2021

रोमाको उत्कृष्ट ब्याटिङमा ललितपुरलाई बलियो लक्ष्य

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमकी ब्याटर रोमा थापाको अर्धशतकको सहयोगमा प्रदेश–१ ले ललितपुर मेयर–११ लाई ललितपुर मेयर वुमन्स च्याम्पियनसिप २०७७ टि० क्रिकेट प्रतियोगितामा १ सय २९ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय २८ रन बनायो ।
प्रदेश-१ की रोमा थापा ५७ बलमा १० चौका सहित ६६ रनमा अविजित रहिन् । रोमाले ४५ बलमा अर्धशतक प्रहार गरेकी थिइन् । अप्सरी बेगम २९ बलमा २ चौका सहित २६ रनमा अविजित रहिन् । तेस्रो विकेटका लागि रोमा र अप्सरीले ७५ रनको अविजित साझेदारी गर्दै प्रदेश १ लाई बलियो योगफलमा पुर्याए ।


ओपनर काजल श्रेष्ठ ८ र कप्तान रुविना क्षेत्री बेलबासे २१ रनमा आउट भइन् । रुविनाले २४ बलमा २ चौका र १ छक्का प्रहार गरिन् । ललितपुर ११ की सरस्वती चौधरी र सरस्वती कुमारी चौधरीले १–१ विकेट लिइन् ।


यी दुबै टोली प्रतियोगिताबाट बाहिरि सकेका छन् । यस खेल प्रतिष्ठाको लडाईं हुने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.