5 years ago
April 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्ड प्रदर्शनमा प्रदेश-१ ले ललितपुर मेयर ११ लाई १४ रनले पराजित गर्दै ललितपुर मेयर वुमन्स च्याम्पियनसिप २०७७ टि० क्रिकेट प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।

जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको ललितपुर मेयर ११ ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनायो । ललितपुरकी सुमन खतिवडाले २५ बलमा ३ चौका सहित २५ रनको योगदान दिइन् । त्यस्तै अनुराधा चौधरी ३२ बलमा ४ चौका सहित २८ रनमा आउट भइन् । कप्तान सरस्वती चौधरी पनि १८ रनमा अविजित रहिन् । कञ्चन श्रेष्ठ ४ र अस्मिना कर्माचार्य १२ रनमा आउट भइन् । प्रदेश १ की कप्तान रुविना क्षेत्री बेलबासेले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिइन् । सबनम राई र ज्योती दनुवारले १-१ विकेट लिइन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय २८ रन बनायो ।
प्रदेश-१ की रोमा थापा ५७ बलमा १० चौका सहित ६६ रनमा अविजित रहिन् । रोमाले ४५ बलमा अर्धशतक प्रहार गरेकी थिइन् । अप्सरी बेगम २९ बलमा २ चौका सहित २६ रनमा अविजित रहिन् । तेस्रो विकेटका लागि रोमा र अप्सरीले ७५ रनको अविजित साझेदारी गर्दै प्रदेश १ लाई बलियो योगफलमा पुर्याए ।

ओपनर काजल श्रेष्ठ ८ र कप्तान रुविना क्षेत्री बेलबासे २१ रनमा आउट भइन् । रुविनाले २४ बलमा २ चौका र १ छक्का प्रहार गरिन् । ललितपुर ११ की सरस्वती चौधरी र सरस्वती कुमारी चौधरीले १–१ विकेट लिइन् ।
प्रदेश १ ४ खेलमा २ मा हार र २ मा जित सहित ४ अंकका साथ तेस्रो स्थानमा रहँदै बाहिरियो । तीन महिना अघि प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता च्याम्पियन प्रदेश-१ लिग चरणबाटै बाहिरिएको हो । एपिएफ र सुदूरपश्चिम शीर्ष दुईमा रहँदै फाइनलमा पुगि सकेका छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]