5 years ago
April 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय खेलाडीको बाहुल्यता भएको नेपाल पुलिस क्बलले भारतमा ए डिभिजन लिग क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।
सिक्किम क्रिकेट एसोसियसनले आयोजना गर्न लागेको ए डिभिजन लिग क्रिकेट खेल्न पुलिस बुधबार त्यसतर्फ प्रस्थान गरेको थियो । प्रतियोगितामा नेपाल आमन्त्रिण टोलीको रुपमा खेल्ने सिक्किमले जनाएको छ । पुलिस समूह ए मा छ । समूह ए मा पुलिससँगै ब्लाक एंगल एसएपि, रोयल नथर्न ब्रोर्दश, ह्वाइट कन्च र ज्ञालसिंह एण्ड डिस्टिक वेलफेयर क्रिकेट एसोसियसन छन् । पुलिसले पहिलो खेल शुक्रबार ह्वाइट कन्चसँग खेल्ने छ । खेल सिक्किम क्रिकेट ग्राउन्ड राङ्पोमा हुने छ । खेल विहान ८ : ४५ मा सुरु हुने छ ।

सिक्किमका अनुसार पुलिसको टोलीमा सिद्धान्त लोहनी, राशिद खान, अनिलकुमार शाह, सुनिल धमला, दीलिप नाथ, योगेन्द्रसिंह कार्की, अनिल खरेल लगायतका खेलाडी छन् । नेदरल्यान्ड् र मलेसियासँग वैशाख पहिलो साता हुने त्रिकोणात्मक टि२० सिरिजको लागि दीपेन्द्र सिंह ऐरी, पवन सरार्फ, ललितनारायण राजवंशी, आरिफ शेख र कुशल भुर्तेल बन्द प्रशिक्षणमा हुँदा केहि खेलाडी परिवर्तन गरेको छ । सिद्धान्त र अनिल खरेललाई टोलीमा समेटेको छ ।
पुलिसले अघिल्लो महिना टियुमा भएको काठमाडौं मेयर्स कप एकदिवसिय क्रिकेट प्रतियोगिता जितेको थियो । फाइनलमा पुलिसले नेपाल एपिएफ क्लबलाई हराउँदै उपाधि जितेको थियो । माघमा भएको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगितामा भने पुलिस आर्मीसँग फाइनलमा पराजित भएको थियो ।
पुलिसको खेल तालिका

December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]