default_image

5 years ago

April 8, 2021

एपिएफ अपराजित रहँदै फाइनलमा

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० प्रतियोगिता लिग चरणमा अपराजितका साथ शीर्ष स्थानका साथ फाइनलमा पुगेको छ ।

एक खेल अगावै फाइनलमा पुगेको एपिएफले लिग चरणको अन्तिम खेलमा बिहिबार लुम्बिनी प्रदेशलाई ४० रनले पराजित गर्दै अपराजित रहेको हो । जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय २ रन बनायो । लुम्बिनीकी ओपनर तथा विकेटकिपर लक्ष्मी चौधरीले ३७ बलमा ५ चौका सहित सर्वाधिक ३५ रनको योगदान दिइन् ।

नितु भण्डारी २७ बलमा १ चौका सहित १७ रनमा आउट भइन् । कप्तान नेरी थापा १९ बलमा ४ चौका सहित २७ रनमा अविजित रहिन् । सरस्वती घर्तीमगर २१ रनमा आउट भइन् । एपिएफकी बिनु बुढा मगर र रेखा रावलले १–१ विकेट लिए ।


त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो । एपिएफकी ममता चौधरीले ४८ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४७ रनको योगदान दिइन् । कप्तान सीता रानामगरले १८ बलमा ५ चौका सहित २८ रन जोडिन् ।

ओपनर राजमति ऐरी २३, इन्दु बर्मा ३, ज्योति पाण्डे ५ र सरिता मगर ७ रनमा आउट भइन् । रेखा रावल ३ र विन्दु बुढा ५ रनमा अविजित रहे । लुम्बिनी प्रदेशकी स्वस्तिका बजागाई र कृतिका मरासिनीले २–२ विकेट लिए । नेरी थापा मगर र सरस्वती पुनले १–१ विकेट लिए ।


अंक तालिका


एपिएफ ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । सुदूरपश्चिम प्रदेश ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । उपाधिको लागि एपिएफ र सुदूरपश्चिमबीच शनिवार प्रतिस्पर्धा हुने छ । प्रदेश–१ ४ खेलमा २ मा हार र २ मा जित सहित तेस्रो स्थानमा रह्यो । ललितपुर मेयर–११ ४ खेलमा ३ मा हार र १ मा जित सहित २ अंकका साथ चौथो स्थानमा रह्यो । लुम्बिनी प्रदेश ४ खेलमानै हारका साथ पुछारमा रहँदै बाहिरियो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.