5 years ago
April 9, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासमा दिल्ली क्यापिटल्स एक असफल टोली मानिन्छ । हालसम्म एक पटक मात्र फाइनलमा पुगेको दिल्ली १४ औं संस्करणमा पहिलो पटक च्याम्पियन बन्ने सोचमा छ ।

गत सिजनमा दिल्ली पहिलो पटक फाइनलमा पुगेपनि मुम्बई इन्डियन्ससँग पराजित भएपछि उपाधि जित्ने सपना अधुरै बनेको थियो । श्रेयस ऐर चोटका कारण नहुँदा दिल्ली नयाँ कप्तान ऋषभ पन्तका साथ मैदान उत्रने छ । विकेटकिपर ऋषभ पन्त पहिलो कप्तानीमै टोलीलाई च्याम्पियन बनाउने सोचमा हुने छन् ।

दिल्ली पछिल्लो दुई संस्करणमा अब्बल प्रदर्शन गर्दै आएको छ । युवा खेलाडीको जोश र अनुभवी खेलाडीको मिश्रण रहेको दिल्ली यस सिजनको उपाधिको बलियो दाबेदार टोली हो । अक्सनमा अष्ट्रेलिया ब्याट्सम्यान स्टिभ स्मिथ, इंग्ल्यान्डका अलराउन्डर टम करन, क्रिस वोक्स, विकेटकिपर साम विलिंग्स र भारतीय तीव्र गतिका बलर उमेश यादवलाई अनुबन्ध गरेपछि टोली सन्तुलित र बलियो छ । समग्रमा दिल्लीले यस सिजनको उपाधि जित्न सक्ने ३ बलिया आधार यस प्रकार छन् ।
३.सन्तुलित टोली

दिल्लीको टोली सन्तुलित र बलियोे छ । टोलीमा युवा, अनुवभी ब्याटिङ, बलिङ र फिल्डिङ सबै सन्तुलित छ । दिल्लीको ब्याटिङमा शिखर धवन, स्टिभ स्मिथ, पन्त, अजिक्या रहाणे, शिम्रन हेटमायर लगायतका खेलाडी छन् । तीव्र गतिका बलरमा दक्षिण अफ्रिका कागिसो रबाडा र एनरिच नोर्किया छन् ।
रबाडा र नोर्किया गत वर्षका सर्वाधिक सफल जोडी हुन् । स्पिनरमा अनुभवी अमित मिश्रा र रविचन्द्रन आश्विन लगायतका खेलाडी छन् । अलराउन्डरमा मार्कस स्टोइनिस, अक्षर पटेल र टम करन छन् । अर्कोतर्फ दिल्लीको टोलीमा युवा जोशले भोरिएको छ । पृथ्वी शा, रबाडा, पन्त, हेमायर, नोर्किया छन् । अनुभवी खेलाडीमा धवन, स्मिथ, मिश्रा र आश्विन लगायतका खेलाडी छन् । दिल्लीको टोली यस सिजनमा मजबुत र सन्तुलित छ । जसले गर्दा पहिलो पटक उपाधि जित्न सक्छ ।
२. उत्कृष्ट बलिङ आक्रामण

दिल्लीको मुख्य हतियार तीव्र गतिको बलिङ आक्रामण हो । दिल्लीमा दुई तीव्र गतिका बलर रबाडा र नोर्किया छन् । दक्षिण अफ्रिका यी दुई स्टार खेलाडीले गतवर्ष रबाडाले ३० र नोर्कियाले २२ गरि कुल ५२ विकेट लिएका थिए । यस सिजनमा पनि यी दुई बलरले उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको छ ।
नोर्कियाले पावर प्ले र रबाडाले डेथ ओभरमा उत्कृष्ट बलिङका साथ दिल्लीको जित सहज बनाउन सक्छन् । दक्षिण अफ्रिकाबाटसँगै खेल्ने हुँदा यी दुई बलरलाई खेल्न पनि सहज हुन्छ । यी दुई बलर आफ्नो तीव्र गतिको स्पीडमा पनि ब्याट्सम्यानलाई दबाबमा राख्न सक्छन् । यी दुवैले १ सय ५० प्रतिघण्टाको गतीमा बलिङ गर्ने गर्दछन् ।

नोर्किया आइपिएल इतिहासकै सर्वाधिक गतिमा बलिङ गर्ने बलर हुन् । रबाडा र नोर्किया बलमा रन जोड्न ब्याट्सम्यानलाई पक्कै सहज हुँदैन । अर्कोतर्फ यी दुई बलरले खराब प्रदर्शन गर्दा दिल्लीसँग राम्रो विकल्प छ । टम करन, क्रिस वोक्स, मार्कस स्टोइनिस छन् । गतवर्ष भारतीय तीव्र गतिको बलिङ कमजोर थियो ।
यस सिजन दिल्लीले उमेश यादवलाई भित्र्याएको थियो । उमेश नयाँ बलका साथ राम्रो बलिङ गर्ने गर्दछन् । दिल्लीले पहिलो रोजाईमा उमेश, रबाडा र नोर्किया गरि तीन तीव्र गतिका बलर खेलाउने छ । उमेशले कमजोर प्रदर्शन गर्दा इशान्त शर्मा, आवेश खान, लुकमान मेरिवाल लगायत विकल्पमा हुने छन् ।

दिल्लीको स्पिन आक्रामण पनि राम्रो छ । दुई अनुभवी स्पिनर आश्विन र मिश्रा छन् । मिश्रा लेगस्पिनर र आश्विन अफ स्पिनर हुन् । मध्यक्रममा एकतर्फबाट लेगस्पिनर अर्कोइनिङबाट अफस्पिनरले बलिङ गर्दा ब्याट्सम्यानलाई रन जोड्न पक्कै सहज हुने छैन । अक्षर पटेल पनि टोलीको नायक बन्न सक्छन् । दिल्लीको बलिङ आक्रामण उत्कृष्ट हुँदा पहिलो पटक उपाधि जित्न सक्छ ।
१. ब्याटिङमा गहिराई र विकल्प हुनु

दिल्लीको ब्याटिङमा गहिराई छ । श्रेयस ऐर चोटका कारण आइपिएल गुमाउने छन् । तर दिल्लीको ब्याटिङ तल्लोक्रमसम्म छ । दिल्लीको ओपनिङ शिखर धवन र पृथ्वी शाले गर्ने छन् । गतवर्ष राम्रो प्रदर्शन गर्न नसकेपनि भारतीय घरलु क्रिकेटमा उच्च प्रदर्शनका साथ शाले राम्रो पूनरागमनको सम्भावना देखाएका छन् ।
तेस्रो नम्बरमा स्टिभ स्मिथ र चौथोमा अजिक्या रहाणेको सम्भावना देखिन्छ । पाँचौमा ऋषभ पन्त छन् । छैटौमा मार्कस स्टोइनिस, सातौंमा अक्षर पटेल छन् । आठौं नम्बरमा आश्विन र नवौं नम्बरमा रबाडा छन् । कप्तान पन्त राम्रो लयमा छन् । गतवर्ष मार्कस स्टोइनिसले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । दिल्ली यस सिजनमा पनि त्यस्तै प्रदर्शन चाहन्छ ।
स्टोइनिङ र फिनिसिङ जुनसुकै भूमिकामा उत्कृष्ट प्रदर्शन गर्न सक्छन् । एकै ओभरमा खेललाई मोड्न सक्ने पन्त राम्रो लयमा छन् । रविचन्द्रन आश्विन र कागिसो रबाडाबाट तल्लोक्रममा राम्रो ब्याटिङको आशा गर्न सकिन्छ । वोक्स र टम करन म्याच विनर अलराउन्डर हुन् । दिल्लीले शिम्रन हेटमायर र स्मिथ मध्य एकलाई मौका दिने छ । जसमा स्मिथको सम्भावना बढी देखिन्छ ।
दिल्लीको शीर्ष र मध्यक्रम नचल्दा पनि तल्लोक्रमका ब्याट्सम्यानले टोलीलाई सम्हाल्न सक्छन् । स्मिथ, हेटमायर स्टोइनिस नचल्दा करन, विलिंग्स, वोक्स राम्रो विकल्पको रुपमा छन् । जसले गर्दा दिल्ली पहिलो पटक च्याम्पियन बन्न सक्छ ।
दिल्ली क्यापिटल्स २०२१ को पूर्ण टोली : शिखर धवन, कागिसो रबाडा, पृथ्वी शाह, अजिक्या रहाने, ऋषभ पन्त (कप्तान तथा विकेटकिपर) एनरिच नोर्किया, मार्कस स्टोइनिस, शिम्रन हेटमायर, अक्षर पटेल, अमित मिश्रा, ईशान्त शर्मा, रविचन्द्रन आश्विन, ललित यादव, क्रिस वोक्स, आवेश खान, प्रविन दुबे, टम करन, स्टिभ स्मिथ, साम विलिंग्स, उमेश यादव, रिपल पटेल, विष्णु विनोद, लुकमान मेरिवाल र एम सिद्धार्थ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]