5 years ago
April 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप २०७७ टि२० क्रिकेट प्रतियोगितामा समर्थकको शून्यता पछि दुःख र निराश ब्यक्त गरेकी छिन् । तीन महिना अघि दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप महिला टि२० क्रिकेट प्रतियोगिता च्याम्पियन प्रदेश एक यस पटक भने लिग चरणबाटै बाहिरियो ।

दाङको लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा प्रधानमन्त्री कप फाइनलमा नेपाल एपिएफ क्लबलाई हराउँदै प्रदे- १ ले उपाधि जितेको थियो । उक्त फाइनलमा निर्माणधिन प्याराफिट र अन्य भागमा समर्थकको उपस्थित भरिभराउ थियो । अन्य दिन दुई-तीन सय दैनिक आएका थिए । तर ललितपुर मेयर वुमन्स प्रतियोगितामा भने टियु मैदानमा समर्थकको उपस्थित शून्य जस्तै रहँदै आएको छ ।
विहिबार खेलपछि समर्थकको उपस्थित शून्य जस्तै हुँदा प्रदर्शनमा कस्तो असर पर्छ भन्ने एक प्रश्नको जवाफ दिँदै रुविनाले भनिन्, ‘महिला क्रिकेटलाई मिडियाले मात्र प्राथमिकता दिएको देखियो । फेसबुकमा फलोअर्स रहेछ । समर्थकलाई मैदानमा आएर लाइभ हेर्ने राम्रो अवसर थियो । तर आउनु भएन ।’
त्यसैमा थपिन् ‘किन पारस खड्का मात्र आउँदा मात्र पूरा भरिभराउ हुनुपर्ने ? यहाँ नेरी थापामगर छ, सीता रानामगर छ, रुविना क्षेत्री छ । म सबैलाई अनुरोध मात्र गर्छ सक्छु । लाइभ हेर्ने अवसर छ भने आएर सहयोग गर्नुहोस् ।’

‘हामी जिउ ज्यान लगाएर खेलेका छौं । हामीलाई समर्थकको सहयोगको आवश्यक पनि छ । हामीले कति मिहिनेत गरेका छौं । समर्थक आएर हेरेमा धेरै फरक पार्छ’, रुविनाले निकै भावुक हुँदै भनिन् ।
‘त्यस्तै प्रधानमन्त्री कप च्याम्पियन प्रदेश १ यस पटक लिग चरणबाटै बाहिरियो । खेलाडीको प्रयासनै नदेखिए जस्तो देखियो । हामी सबै होमवर्क गरेर नै आएका हौं । सबै जनाले प्रधानमन्त्री कप खेलेपछि पाँच अभ्यास खेल खेलेर आएका थियौं । तर मैले मात्र खेलेको थिएकी जस्तो लाग्यो ।’
‘हामीसँग खेलाडी छ । ब्याटिङ र बलिङ लाइनअप थियो । तयारीको पनि कुनैमा कमि थिएन । मलाई थाहा छैन हामी कहाँ चुक्यौं । म यस्तो नतिजा अपेक्षा गरेको थिएन, रुविनाले निराश हुँदै भनिन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]