5 years ago
April 8, 2021
काठमाडौं(हाम्रो खेलकुद) – भरतपुर क्रिकेट क्लबले वैशाख पहिलो साता दोस्रो संस्करणको मेयर कप क्रिकेट यू१६ प्रतियोगिता गर्ने भएको छ । भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारीले विहिबार टियु किैकेट मैदानमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जानकारी र जर्सी सार्वजनिक गरेका थिए ।

प्रतियोगिता धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट निर्माण गरि रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नमुना क्रिकेट मैदानमा हुने छ । प्रतियोगिता वैशाख २ देखि १२ गते सम्म हुने छ । प्रतियोगितामा देशभरका १८ विद्यालयहरुको सहभागिता रहने छ । भरतपुरमा २०७३ सालमा पहिलो मेयर कप प्रतियोगिता भएको थियो ।
प्रतियोगिता विजेताले १ लाख र उप विजेता हुने टोलीले ५० हजार प्राप्त गर्ने छन् । क्लबका अध्यक्ष अनिल अधिकारीले यू१६ सँगै यू१९ र सिनियर प्रतियोगिता पनि गर्ने योजना रहेको बताए । क्लबले भरतपुरमहानगरपालिकासँग १ करोड माग गरेको छ । अधिकारीका अनुसार चितवनमा टेनिस बलको पहिचान रहेको छ । त्यसैले यस प्रतियोगिता टेनिस बलमा हुने छ । क्लबले वार्षिक ५ वटा प्रतियोगिता गर्ने तयारी गरेको अध्यक्ष अनिल अधिकारी बताउँछन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]