5 years ago
April 9, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करण आजदेखि (शुक्रबार) भारतमा सुरु हुँदै छ । कोरोना महामारीपछि भारतमा पहिलो पटक आइपिएल हुन लागेको हो ।

गत सिजन कोरोना महामारीको कारण आइपिएलको १३ औं संस्करण संयुक्त अरव इमिरेट्स (यूएई) मा सम्पन्न भएको थियो । १३ औं संस्करण सम्पन्न भएको ६ महिनापछि आइपिएल चेन्नई, दिल्ली, अहमदाबाद, बेंगलोर, कोलकाता र मुम्बई गरि ६ सहरमा हुँदै छ । आइपिएलका प्ले अफ र फाइनल विश्वकै सर्वाधिक ठूलो क्रिकेट रंगशाला नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुने छ ।

कोरोना कारण आइपिएलका सम्पूूर्ण खेल वन्द रंगशालामा हुने छन् । यो सिजनमा कुनैपनि टोलीले आफ्नो घरेलु मैदानमा खेल खेल्न पाउने छैनन् । लिग चरणमा कुल ५६ खेल हुने छन् । दिनमा दुई खेल भएको खण्डमा दिउँसो ३ : ४५ र साँझ ७ : ४५ देखि आइपिएल सुरु हुने छ । यो सिजनमा मुम्बई इन्डियन्स उपाधिको ह्याट्रिक गर्न चाहन्छ । रोयल च्यालेन्जर्स बेंगलोर, दिल्ली क्यापिटल्स र पन्जाब किंग्स पहिलो उपाधि जित्ने सोचमा छन् । पहिलो पटक गत सिजनमा लिग चरणबाटै बाहिरिएको चेन्नई चौथो उपाधि जित्ने सोचमा हुने छ । कोलकाता नाइट राइडर्स तेस्रो, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद दोस्रो उपाधि जित्ने सोचमा हुने छन् । सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण (लाइभ) स्टार स्पोर्ट्स च्यानलबाट हुने छ ।

उद्धघाटन खेलमा बेंगलोर र मुम्बई भिड्दै छन् । गत सिजनमा मुम्बई च्याम्पियन बन्दा बेंगलोर प्ले अफबाट बाहिरिएको थियो । खेल बेलुका ७ः४५ मा चेन्नईमा सुरु हुने छ । उपाधिका दाबेदार यी दुई टोलीबीच कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको छ । मुम्बईको कप्तानी रोहित शर्मा र बेंगलोरको विराट कोहलीले गर्ने छन् । भारतीय क्रिकेट टोलीका प्रमुख दुई खेलाडी विजयीका साथ आइपिएलमा सुरुवात गर्न चाहन्छन् । रोहितले आइपिएलमा पाँच उपाधि जित्दा कोहली भने शून्य छन् । कोहलीलाई यो सिजन आइपिएल उपाधि जित्नै पर्ने दबाब छ ।

विराट, एवि डिभिलियर्स, ग्लेन म्याक्सवेल र युजभेन्द्र चहल बेंगलोरका प्रमुख हतियार हुन् । यी चार खेलाडीको प्रदर्शन यस प्रतियागिताभर बेंगलोरका लागि निकै महत्वपूर्ण हुने छ । बेंगलोरको ओपनिङ विराट र देवदत्त पाडिक्कलले गर्ने छन् । विराटले भारत र पाडिक्कलले घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यी दुई जोडी टोलीलाई उत्कृष्ट सुरुवात दिलाउन सक्छन् । तेस्रो नम्बरमा एवि डिभिलियर्सले गर्ने छन् । डी भिलियर्स बेंगलोरका प्रमुख हतियार हुन् । आक्रामक सटका लागि परिचित डी भिलियर्सबाट बेंगलोर विष्फोटक ब्याटिङका साथ ठूलो इनिङ चाहन्छ । चौथो नम्बरमा ग्लेन म्याक्सवेल छन् । आक्रामक ब्याटिङका माहिर म्याक्सवेलल फिनिसरको भूमिका निर्वाह गर्ने छन् । ठूला सटका लागि परिचित म्याक्सवेललाई बेंगलोरले अक्सनमा महँगो मूल्य हालेर खर्चेको थियो ।

पाँचौ नम्बरमा बेंगलोरले युवा विकेटकिपर मोहम्मद अजहरुद्दीनलाई खेलाउने सम्भावना छ । घरेलु क्रिकेटमा अजहरुद्दीनले उच्च प्रदर्शन गर्दै आएका छन् । छैटौं नम्बरमा ड्यानियल किष्टियको बलियो सम्भावना छ । तीव्र गतिमा बलिङ गर्ने क्रिष्टियन तल्लोक्रममा ठूलो इनिङ खेल्न सक्ने क्षमता भएका खेलाडी हुन् । सातौ नम्बरमा वासिन्टन सुन्दर र आठौं नम्बरमा काइल जामिसनलाई खेलाउने सम्भावना छ । यी दुई अलराउन्डर तल्लोक्रममा राम्रो ब्याटिङ गर्छन् । स्पिनरमा युजचेन्द्र चहल रहँदा तीव्र गतिमा जामिसन र क्रिष्टियनलाई छाडेर दुई भारतीय खेलाडी नवदीव सैनी र मोहम्मद सिराजलाई मैदान उतार्न सक्छ ।
यता मुम्बईको ओपनिङ क्विन्टन डी कक र रोहित शर्माले गर्ने छन् । ईशन किशन तेस्रो, सूर्यकुमार यादव चौथो र हार्दिक पान्ड्याले पाँचौ नम्बरमा ब्याटिङ गर्ने सम्भावना छ । काइरन पोलार्ड छैटौं र कु्रनाल पान्ड्याको सातौंमा सम्भावना छ । मुम्बईको ब्याटिङमा गहिराई छ । शीर्षक्रममा ब्याट्सम्यान चल्न नसक्दा पनि तल्लोक्रममा खेलाडीले सम्हाल्न सक्छन् । रोहित र क्विन्टनबाट मुम्बई राम्रो सुरुवात चाहाने छ । गतवर्ष उत्कृष्ट प्रदर्शन गरेका ईशन र सूर्यबाट मुम्बई मध्यक्रममा राम्रो ब्याटिङ चाहन्छ । सूर्य बेंगलोरलाई घातक बन्न सक्छन् । हार्दिक र पोलार्डबाट उत्कृष्ट फिनिसिङ चाहने छ । मुम्बईको तीव्र गतिको बलिङमा जस्प्रित बुमराह र ट्रन्ट बोल्टको जोडी छन् । बोल्ट गति र बुमराह योर्करका साथ बेंगलोरलाई दबाबमा राख्न सक्छन् । स्पिनरमा राहुल चहर र पियुष चवलालाई मैदान उतार्ने सम्भावना देखिन्छ ।

गतवर्ष दुई खेलमा एक खेलमा मुम्बई र एक खेलमा बेंगलोर विजयी भएको थियो । बेंगलोर सुपर ओभरमा विजयी भएको थियो । पछिल्ला पाँच खेलमा तीन खेलमा मुम्बई र दुई खेलमा बेंगलोर विजयी भएका छन् । आइपिएलमा यी दुई टोलीबीच कुल २७ खेल भएको छ । मुम्बई १७ खेलमा विजयी हुँदा १० खेलमा पराजित भएको छ । बेंगलोरले मुम्बईविरुद्ध हालसम्म बनाएको उच्च योगफल २ सय ३५ रन छ भने मुम्बईले बेंगलोरविरुद्ध सर्वाधिक २ सय १३ रन बनाएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]