default_image

3 years ago

April 9, 2021

नेपाल पुलिस सामू डब्लूसिसिसी ६२ रनमै अल आउट

काठमाडौं (हाम्रो खेलकुद) – सिक्किममा जारी कन्चनजंगा शिल्ड पुरुष ए डिभिजन क्रिकेट सुपर लिग नेपाल पुलिस क्लब सामू ह्वाइट कोन्च क्रिकेट क्लब (डब्लूसिसिसी) ६२ रनमै अल आउट भएको छ । सिक्किम क्रिकेट ग्राउन्ड राङ्पोमा पहिला ब्याटिङ थालेको डब्लूसिसिसी २४.५ ओभरमा ६२ रनमा अल आउट भएको हो । नेपाल पुलिस क्लबको बलिङ सामू उसका ९ खेलाडीले […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिक्किममा जारी कन्चनजंगा शिल्ड पुरुष ए डिभिजन क्रिकेट सुपर लिग नेपाल पुलिस क्लब सामू ह्वाइट कोन्च क्रिकेट क्लब (डब्लूसिसिसी) ६२ रनमै अल आउट भएको छ ।

सिक्किम क्रिकेट ग्राउन्ड राङ्पोमा पहिला ब्याटिङ थालेको डब्लूसिसिसी २४.५ ओभरमा ६२ रनमा अल आउट भएको हो । नेपाल पुलिस क्लबको बलिङ सामू उसका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । विनित कुमारले ३१ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक २३ रनको योगदान दिए । यवार हुसेनले १४, नसुन तामाङ १, कप्तान गणेश क्षेत्री र जावेद अन्सारीले खाता खोल्न सकेनन् ।


पुलिसका तीव्र गतिका बलर राशिद खानले ५ ओभरमा ३ मेडन सहित ४ रन खर्चेर २ विकेट लिए । स्पिनर सागर ढकालले ७ ओभरमा २ मेडन सहित २० रन खर्चेर २ विकेट लिए । अनिल खरेलले ५ बल गर्दै ६ रन खर्चेर २ विकेट हात पारे । योगेन्द्रसिंह कार्की र गुलशन झाको नाममा १–१ विकेट रह्यो ।

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

Success

Thank you for your time.