default_image

3 years ago

April 9, 2021

भारतमा नेपाल पुलिसको सानदार विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले भारतको सिक्किममा जारी कन्चनजंगा शिल्ड ए डिभिजन क्रिकेट सुपर लिगमा सानदार विजयी सुरुवात गरेको छ । शुक्रबार पहिलो खेलमा समूह ए मा रहेको पुलिसले ह्वाइट कन्च क्रिकेट क्लब (डब्लूसिसिसी) लाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको हो । जितको लागि ६३ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले भारतको सिक्किममा जारी कन्चनजंगा शिल्ड ए डिभिजन क्रिकेट सुपर लिगमा सानदार विजयी सुरुवात गरेको छ ।

शुक्रबार पहिलो खेलमा समूह ए मा रहेको पुलिसले ह्वाइट कन्च क्रिकेट क्लब (डब्लूसिसिसी) लाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको हो । जितको लागि ६३ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ७.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । ओपनर सुनिल धमला ३० बलमा ३ चौका र १ छक्का सहित २९ रनमा अविजित रहे । अमित श्रेष्ठ १७ बलमा ४ चौका सहित २१ रनमा अविजित रहे ।

त्यसअघि सिक्किम क्रिकेट ग्राउन्ड राङ्पोमा पहिला ब्याटिङ थालेको डब्लूसिसिसी २४.५ ओभरमा ६२ रनमा अल आउट भएको थियो । नेपाल पुलिस क्लबको बलिङ सामू उसका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । विनित कुमारले ३१ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक २३ रनको योगदान दिए । यवार हुसेनले १४, नसुन तामाङ १, कप्तान गणेश क्षेत्री र जावेद अन्सारीले खाता खोल्न सकेनन् ।

पुलिसका तीव्र गतिका बलर राशिद खानले ५ ओभरमा ३ मेडन सहित ४ रन खर्चेर २ विकेट लिए । स्पिनर सागर ढकालले ७ ओभरमा २ मेडन सहित २० रन खर्चेर २ विकेट लिए । अनिल खरेलले ५ बल गर्दै ६ रन खर्चेर २ विकेट हात पारे । योगेन्द्रसिंह कार्की र गुलशन झाको नाममा १–१ विकेट रह्यो । पुलिसले दोस्रो खेलमा शनिवार रोयल नर्थन ब्रोर्दशसँग खेल्ने छ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.