5 years ago
April 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) भैरहवा सिदार्थ रंगशालामा जारी बलियो नेपाल कप २०७७ को फाइनलमा दाङ र रुपन्देही फाइनलमा पुगेका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनलमा दाङले रोप्पालाई ८३ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो ।

जितका लागि १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको रोल्पा १० ओभरमा ४९ रनमा अल आउट भयो । रोल्पा प्रवेश गिरीले १९ बलमा २ छक्का र १ चौका सहित सर्वाधिक २४ रनको योगदान दिए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । दाङका आयुष ओली र सुजल ओलीले ३(३ विकेट लिए । आशिष ओलीले २ र केरमान घर्तीमगरले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको दाङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रन बनाएका थियो ।दाङका ओपनर आयुष ओलीले ४६ बलमा ५ चौका सहित सर्वाधिक ४० रन बनाए । त्यस्तै मनोज पुनले २९ बलमा ३ चौका र २ छक्का सहित ३६ रन जोडे । रोल्पा अजय डाँगी, प्रवेश गिरी, किशन भारतीले २-२ विकेट लिए । हिमाल सुनारको नाममा १ विकेट रह्यो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा रुपन्देहीले पाल्पालाई ९९ रनले पराजित गर्यो । जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको पाल्पा १७ ओभरमा ९१ रनमा अल आउट भयो । पाल्पा ओपनर रुपेश बश्याल २६, बेल मगर पुन १० र सुदिप जिसीले १३ रन बनाए । रुपन्देहीका शहजाद आलम र सुरज खड्काले ३-३ विकेट लिए। सन्तोष यादवले २ र तुषार चौहानले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको रुपन्देहीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९० रन बनाएको थियो । रुपन्देहीका ओपनर अमर मिश्राले ५६ बलमा ६ चौका र १ छक्का सहित ६७ रन बनाए । प्रकाश गिरी २४ बलमा ४ चौका र ४ छक्का सहित ५७ रनमा अविजित रहे । सन्तोष साउद १५ र विशाल भुषाल ३४ रनमा आउट भए । पाल्पा सुदीप जिसी, सौगात गौतम र नरेश सूर्यबंशीले १(१ विकेट लिए । फाइनल शनिवार हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]