5 years ago
April 9, 2021
चेन्नई – तीव्र गतिका बलर हर्षल पटेलको उत्कृष्ट बलिङको सहयोगमा साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणको उद्धघाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ६० रनको मध्यम लक्ष्य दिएको छ ।

एमए चिदम्बरम स्टेडियम चेन्नईमा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । मुम्बईका ओपनर क्रिस लिनले सर्वाधिक ४९ रनको योगदान दिए ।
चैथो ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मा १९ रनमा रन आउट हुन पुगे । कप्तान विराट कोहलीको थ्रोमा चहलले रोहितलाई रन आउट गरेका थिए । रोहितले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
दोस्रो विकेटका लागि लिन र सूर्यकुमार यादवले ४४ बलमा ७० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । तीव्र गतिका बलर काइल जामिसनको ११ औं ओभरको अन्तिम बलमा सूर्य एज लागेर विकेटकिपर एवि डि भिलियर्सबाट ३१ रनमा समातिन हुन पुगे । सूर्यले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

स्पिनर वासिन्टन सुन्दरको बलमा ठूलो सटका साथ अर्धशतक पुर्याउने धुनमा लिन ४९ रनमा कट एण्ड बोल्ड आउट हुन पुगे । लिनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । १६ औं ओभरको अन्तिम बलमा हर्षल पटेलले हार्दिक पान्ड्यालाई १३ रनमा एलबिडब्लू आउट गरे ।
ईशान किशन १९ बलमा २ चौका र १ छक्का सहित २८ रनमा एलबिडब्लू आउट भए । हर्षल पटेलको बलमा कप्तान विराट कोहलीले रिभ्यू लिँदै ईशानलाई पेभिलिएन फर्काएका थिए । क्रुनाल पान्ड्या र काइरन पोलार्ड ७–७ रनमा आउट भए । हर्षलले अन्तिम ओभरमा एक रन आउट सहित १ रन खर्चिदै ४ विकेट लिएका थिए ।
बेंगलोरका तीव्र गतिका बलर हर्षल पटेलले ४ ओभरमा २७ रन खर्चेर ५ विकेट लिए । डेब्यू खेल खेलेका काईल जामिसनले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । वासिन्टन सुन्दरको नाममा १ विकेट रह्यो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]