5 years ago
April 9, 2021
चेन्नई – रोयल च्यालेन्जर्स बेंगलोरले साविक विजेता तथा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणमा रोमाञ्चक विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा उत्कृष्ट प्रदर्शन गरेका एवि डी भिलियर्स २७ बलमा ४ चौका र २ छक्का सहित ४८ रनमा रन आउट भए । डी भिलियर्स अन्तिम ओभरको चौथो बलमा दुई रन लिनेक्रममा रन आउट हुन पुगेका थिए । अन्तिम दुई बलमा जितको लागि दुई रन चाहिएको थियो । पाँचौं बलमा मोहम्मद सिराजले एक रन लिए । अन्तिम बलमा हर्षल पटेलले एक रन जोड्दै बेंगलोरालाई रोमाञ्चक जित दिलाएका थिए ।

बेंगलोरले स्पिनर वासिन्टन सुन्दर र विराट कोहलीका साथ खेलमा ओपनिङ गराएको थियो । क्रुनाल पान्ड्याल पाँचौं ओभरको दोस्रो बलमा सुन्दरलाई १० रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । छैटौं ओभरको पाँचौं बलमा ट्रेन्ट बोल्टले रजत पातिदरलाई ८ रनमा बोल्ड आउट गरे । तेस्रो विकेटका लागि विराट कोहली र ग्लेन म्याक्सवेलले ५२ रनको साझेदारी गर्दै इनिङलाई उकासेका थिए । कोहलीलाई १३ औं ओभरको तेस्रो बलमा जस्पित बुमराहले ३३ रनमा एलबिडब्लू आउट गरे । कोहलीले २९ बलमा ४ चौका प्रहार गरे ।

ग्लेन म्याक्सवेल २८ बलमा ३ चौका र २ छक्का सहित ३९ रनमा क्याच आउट भए । म्याक्सवेललाई दक्षिण अफ्रिका युवा तीव्र गतिका बलर मार्को जानसेनले क्रिस लिनबाट क्याच आउट गराएका थिए । मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । मार्को जानसेनले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । क्रुनाल पान्ड्या र ट्रेन्ट बोल्टले १-१ विकेट लिए ।
त्यसअघि एमए चिदम्बरम स्टेडियम चेन्नईमा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । मुम्बईका ओपनर क्रिस लिनले सर्वाधिक ४९ रनको योगदान दिए । चौथो ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मा १९ रनमा रन आउट हुन पुगे । कप्तान विराट कोहलीको थ्रोमा चहलले रोहितलाई रन आउट गरेका थिए । रोहितले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि लिन र सूर्यकुमार यादवले ४४ बलमा ७० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । तीव्र गतिका बलर काइल जामिसनको ११ औं ओभरको अन्तिम बलमा सूर्य एज लागेर विकेटकिपर एवि डि भिलियर्सबाट ३१ रनमा समातिन हुन पुगे । सूर्यले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । स्पिनर वासिन्टन सुन्दरको बलमा ठूलो सटका साथ अर्धशतक पुर्याउने धुनमा लिन ४९ रनमा कट एण्ड बोल्ड आउट हुन पुगे । लिनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । १६ औं ओभरको अन्तिम बलमा हर्षल पटेलले हार्दिक पान्ड्यालाई १३ रनमा एलबिडब्लू आउट गरे ।

ईशान किशन १९ बलमा २ चौका र १ छक्का सहित २८ रनमा एलबिडब्लू आउट भए । हर्षल पटेलको बलमा कप्तान विराट कोहलीले रिभ्यू लिँदै ईशानलाई पेभिलिएन फर्काएका थिए । क्रुनाल पान्ड्या र काइरन पोलार्ड ७–७ रनमा आउट भए । हर्षलले अन्तिम ओभरमा एक रन आउट सहित १ रन खर्चिदै ४ विकेट लिएका थिए । बेंगलोरका तीव्र गतिका बलर हर्षल पटेलले ४ ओभरमा २७ रन खर्चेर ५ विकेट लिए । डेब्यू खेल खेलेका काईल जामिसनले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । वासिन्टन सुन्दरको नाममा १ विकेट रह्यो ।

मुम्बईले दोस्रो खेलमा १३ अप्रिलमा कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । बेंगलोरले आफ्नो दोस्रो खेल १४ अप्रिलमा सनराइजर्स हैदराबादसँग खेल्ने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]