default_image

5 years ago

April 10, 2021

उपाधिको लागि सुदूरपश्चिम र एपिएफ भिड्दै

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० प्रतियोगिता फाइनलमा आज नेपाल एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ ।

खेल विहान ११ बजेदेखि टियु क्रिकेट मैदानमा सुरु हुने छ । एपिएफ लिगमा अपराजित रहँदै शीर्ष स्थान र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका थिए । लिग चरणको खेलको एपिएफले सुदूरपश्चिलाई ३७ रनले पराजित गरेको थियो । त्यसअघि गत पुषमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कपको सेमिफाइनलमा सुदूरपश्चिम एपिएफसँग सेमिफाइनलमा ९ विकेटले पराजित भएको थियो । सुदूरपश्चिम यस सिजनमा एपिएफसँगको यी दुई हारको बदला लिँदै उपाधि जित्न चाहन्छ । विभागीय टोली एपिएफ अपराजित रहँदै उपाधि जित्ने सोचमा छ । एपिएफको कप्तानी सीता रानामगर र सुदूरपश्चिमको ऋतु कनोजियाले गर्ने छिन् ।

प्रधानमन्त्री कप विजेता प्रदेश १ लाई ४० रनले स्तब्ध पार्दै फाइनलमा स्थान बनाएको सुदूरपश्चिम उच्च मनोबलमा र उपाधि जित्नेमा आत्माविश्वासी देखिन्छ । सुदूरपश्चिमकी ओपनर रेवती धामी, मञ्जु बोगटी, विन्दु रावल शीर्षक्रमका ब्याटर हुन् । यी तीनै ब्याटरले राम्रो प्रदर्शन गर्दै आएका छन् । फाइनलमा यी तीन खेलाडीलाई उच्च प्रदर्शन गर्नुपर्ने हुन्छ । बलिङ उत्कृष्ट प्रदर्शन गरेपनि तीव्र गतिकी बलर कविता कुँवरबाट सुदूरपश्चिम फाइनलमा ठूलो इनिङ चाहन्छ । कविता जोशी, डली भट्टी सुदूरपश्चिमका हिटर ब्याटर हुन् । यी दुई हिटरको प्रदर्शन निकै महत्वपूर्ण हुने देखिन्छ । बलिङमा स्पिनर लक्ष्मी साउँदले उच्च प्रदर्शन गर्दै आएकी छिन् । उनले पछिल्ला दुई खेलमा ८ विकेट लिएकी छिन् । ऋतु र कविता कुँवर पनि बलिङ हतियार हुन् । कविता कुँवर घातक बन्न सक्छिन् ।

यता एपिएफमा सिनियर खेलाडीको बाहुल्यता छ । ओपनर सीता र ज्योती पाण्डेले यस प्रतियोगितामा राम्रो प्रदर्शन गरि रहेका छन् । सरिता मगर, इन्दु बर्मा, ममता चौधरी, राजमती ऐरी राम्रो ब्याटिङ गर्न सक्छन् । स्पिनर बिनु बुढामगरले उच्च प्रदर्शन गर्दै ९ विकेट लिएकी छिन् । उनी फाइनलमा पनि घातक बन्न सक्छिन् । लिग चरणमा सुदूरविरुद्ध ३ विकेट लिएकी थिइन् । सुमन विष्ट, रेखा रावल र करुणा भण्डारी पनि बलिङ हतियार हुन् ।

विजेताले ३ लाख र उप विजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट ब्याटर र बलरले समान १५–१५ हजार प्राप्त गर्ने छन् । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले ३ हजार प्राप्त गर्ने छन् ।

एपिएफ टोली : सीता रानामगर (कप्तान), बिनु बुढामगर, ज्योती पान्डे, ईन्दु बर्मा, सरिता मगर, करुणा भण्डारी, सोनु खड्का, रेखा रावल, सुष्मा श्रेष्ठ, खिना कुमारी थापा, सन्जु लामा, सुमन बिष्ट, ममता चौधरी, राजमती ऐरी ।

सुदूरपश्चिमको टोली : ऋतु कनोजिया (कप्तान), रुवि पोदार (उप कप्तान), कविता जोशी, कविता कुवँर, डली भट्ट, विन्दु रावल, रेवती धामी, मञ्जु बोगटी, (विकेटकिपर), सुनिता लोहार, दिव्या कार्की, सम्झना खड्का, दीपा जोरा, लक्ष्मी साउँद र स्नेहा महरा ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.