default_image

5 years ago

April 10, 2021

एपिएफविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबविरुद्ध सुदूरपश्चिम प्रदेशले पहिला ब्याटिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमकी कप्तान ऋतु कनोजियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् ।

एपिएफ लिगमा अपराजित रहँदै शीर्ष स्थान र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका थिए । लिग चरणको खेलको एपिएफले सुदूरपश्चिलाई ३७ रनले पराजित गरेको थियो । त्यसअघि गत पुषमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कपको सेमिफाइनलमा सुदूरपश्चिम एपिएफसँग सेमिफाइनलमा ९ विकेटले पराजित भएको थियो । सुदूरपश्चिम यस सिजनमा एपिएफसँगको यी दुई हारको बदला लिँदै उपाधि जित्न चाहन्छ । विभागीय टोली एपिएफ अपराजित रहँदै उपाधि जित्ने सोचमा छ ।

एपिएफको प्लेइङ ११ : सीता रानामगर (कप्तान), बिनु बुढामगर, ज्योती पान्डे, ईन्दु बर्मा, सरिता मगर, करुणा भण्डारी, रेखा रावल, सुष्मा श्रेष्ठ, सुमन बिष्ट, ममता चौधरी, राजमती ऐरी ।

सुदूरपश्चिमको प्लेइङ ११ : ऋतु कनोजिया (कप्तान), कविता जोशी, कविता कुवँर, डली भट्ट, विन्दु रावल, रेवती धामी, मञ्जु बोगटी, (विकेटकिपर) सुनिता लोहार, रुवि पोदार, सम्झना खड्का र लक्ष्मी साउँद

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.