5 years ago
April 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता च्याम्पियन बनेको छ । शनिवार फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो ।

च्याम्पियन एपिएफले ३ लाख र उप विजेता सुदूरपश्चिमले १ लाख ५० हजार प्राप्त गर्ने छन् । जितको लागि १ सय ७ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १६.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । एपिएफको जितमा ओपनर ज्योति पाण्डे ३८ बलमा ५ चौका सहित सर्वाधिक ३६ रनको योगदान दिइन् । कप्तान सीता राना मगर ३२ बलमा ४ चौका सहित २७ रनमा आउट भइन् । सीता र ज्योति दुबै रन आउट भएका थिए ।
ओपनर सीता र ज्योतिले पहिलो विकेटका लागि ६९ रनको उत्कृष्ट साझेदारी गरेपछि एपिएफले सहजै उपाधि जितेको हो । ईन्दु बर्मा १९ र ममता चौधरी १५ रनमा अविजित रहिन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १ सय ६ रन बनायो । सुदूरपश्मिचमकी शीर्षक्रमकी ब्याटर विन्दु रावल ५४ बलमा ४ चौका सहित सर्वाधिक ४४ रनमा अविजित रहिन् । सुदूरपश्चिमले ओपनिङ जोडीमा परिवर्तन गर्दै डली भट्ट र रेवती धामीलाई क्रिजमा पठाएको थियो । रेखा रावलको तेस्रो ओभरको पाँचौं बलमा फुलटस बलमा रेवती १० रनमा सीता रानामगरबाट क्याच आउट हुन पुगेकी थिइन् । रेवतीले १४ बलमा २ चौका प्रहार गरिन् ।

स्पिनर करुणा भण्डारीको आठौं ओभरको तेस्रो बलमा डली भट्ट पनि फुलटस बलमा १४ रनमा सहज कटएण्ड बोल्ड आउट हुन पुगेकी थिइन् । डलीले १२ बलमा १ चौका र १ छक्का प्रहार गरिन् । कविता कुँवर १५ बलमा २ चौका सहित १३ रनमा क्याच आउट भइन् । मध्यगतिकी बलर सुष्मा श्रेष्ठले सुनिता लोहारलाई शून्यमा बोल्ड आउट गरिन् । कविता जोशी ३, ऋतु कनोजिया ४ र मञ्जु बोगटी ३ रनमा आउट भए ।
एपिएफकी करुण भण्डारी, सुष्मा श्रेष्ठ, रेखा रावल, सीता रानामगर र बिना बुढामगरले १–१ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]