5 years ago
April 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भारतको सिक्किममा जारी कन्चनजंगा शिल्ड ए डिभिजन क्रिकेट सुपर लिगको दोस्रो खेलमा नेपाल पुलिस क्लबले रोयल नर्थ ब्रोदर्शलाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । जितको लागि १ सय २५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पुलिसले १६.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

ओपनर दीलिप नाथ ५७ बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ६२ रनको योगदान दिए । अमित श्रेष्ठ ४१ बलमा ६ चौका र २ छक्का सहित ५१ रनको योगदान दिए । पहिलो विकेटका लागि ओपनर तथा विकेटकिपर दीलिप नाथ र अमित श्रेष्ठले १५.५ ओभरमा १ सय १० रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै टोलीलाई सानदार जित दिलाएका थिए । कप्तान मञ्जित श्रेष्ठ ८ रनमा अविजित रहे ।

त्यसअघि सिक्किम क्रिकेट ग्राउन्ड रङ्पोमा पहिला ब्याटिङ थालेको रोयल नर्थ ३५।३ ओभरमा १ सय २४ रनमा अल आउट भएको थियो। कप्तान मञ्जितले ५९ बलमा ५ चौका र ३ छक्का सहित ५६ रनको योगदान दिए । मञ्जितलाई प्रेम तामाङले विकेटकिपर दीलिपनाथबाट क्याच आउट गराएका थिए । मञ्जित बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । कर्मा १४, विशाल तामाङ १५ र रिनजिन भुतिल ११ रनमा आउट भए । ओपनर विनारायण नायर ५, जेम्श लाक्पा १ र किशन कार्की शून्यमा आउट भए । पुलिसका स्पिनर अनिल खरेलले ८ ओभरमा ३ मेडन राख्दै २२ रन खर्चेर ३ विकेट लिए । सिद्धान्त लोहनीले १।३ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । गुलशन झा, राशिद खान, मञ्जित श्रेष्ठ र प्रेम तामाङल १-१ विकेट लिए
पहिलो खेलमा पुलिसले ह्वाइट कन्च क्रिकेट क्लब (डब्लूसिसिसीं लाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको थियो । सिक्किम क्रिकेट एसोसिएसनले आयोजना गरि रहेको यस प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल आमन्त्रिण टोलीको रुपमा खेलि रहेको छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]