5 years ago
April 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी कप्तान सीता रानामगर ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् ।

एपिएफलाई प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनाउन सीताले ब्याटिङ र बलिङ दुबैमा उच्च प्रदर्शन गरेकी थिइन् । सीताले ५ खेलमा ४ इनिङमा ब्याटिङ गर्दै १ सय २३ रन बनाउनुको साथै ५ विकेट लिएकी थिइन् ।

प्रदेश-१ लिग चरणबाटै बाहिरिए पनि प्रतियोगितामा उच्च प्रदर्शन गरेकी कप्तान रुविना क्षेत्री बेलबासे सर्वोत्कृष्ट ब्याटर घोषित भइन् । रुविनाले प्रतियोगितामा ४ खेलमा १ अर्धशतक सहित कुल १ सय ६१ रन बनाइन् । रुविना पहिलो खेलमा एपिएफसँग ४५ रनमा आउट हुँदा दोस्रो खेलमा लुम्बिनीविरुद्ध ६८ रनमा अविजित रहेकी थिइन् । सुदूरपश्चिमसँग २७ र ललितपुरविरुद्ध २१ रनमा आउट भएकी थिइन् ।

एपिएफकी बिुन बुढामगर ५ खेलमा १० विकेट लिइन् । बिनुले ५ खेलमा ६६ रन खर्चेर १० विकेट लिएकी थिइन् । उनको उत्कृष्ट प्रदर्शन ४–११ रह्यो । बिनुको यो उत्कृष्ट पूनरागमन हो ।

सर्वोत्कृष्ट सीताले २५ हजार प्राप्त गरिन् । उत्कृष्ट रुविनाले र बिनुले १५-१५ हजार प्राप्त गरे । शनिवार फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको थियो । च्याम्पियन एपिएफले ३ लाख र उप विजेता सुदूरपश्चिमले १ लाख ५० हजार प्राप्त गरेका छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]