5 years ago
April 10, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को दोस्रो खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । वानखडे स्टेडियम मुम्बईमा दिल्लीका कप्तान ऋषभ पन्तले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

दिल्लीका प्रमुख तीव्र गतिका बलर कागिसो रबाडा र एनरिच नोर्किया आजको खेलमा टोलीमा छैनन् । दिल्लीले चार विदेशी खेलाडीमा टम करन, क्रिस वोक्स, शिम्रन हेटमायर र मार्कस स्टोइनिसलाई खेलाएको छ । चेन्नईले चार विदेशी खेलाडीमा मोईन अली, साम करन, फाफ डु प्लेसिस र ड्वेन ब्राभोलाई मैदान उतारेको छ ।
पछिल्लो पाँच खेलमा तीन खेलमा चेन्नई विजयी भएको छ । आइपिएलमा यी दुई टोलीबीच कुल २३ खेल भएका छन् । जसमा चेन्नई १५ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । चेन्नईले दिल्लीविरुद्ध बनाएको सर्वाधिक रन २ सय २२ रन छ । दिल्लीले चेन्नईविरुद्ध बनाएको सर्वाधिक रन १ सय ९८ रन छ । गतवर्ष चेन्नई दिल्लीसँग ५ विकेट र ४४ रनले पराजित भएको थियो ।
चेन्नईको प्लेइङ ११ : रितुराज गायकवाड, अम्बाती रायडु, फाफ डु प्लेसिस, सुरेश रैना, महेन्द्रसिंह धोनी (कप्तान), मोईन अली, रविन्द्र जडेजा, साम करन, ड्वेन ब्राभो, शार्दूल ठाकुर र दीपक चहर ।
दिल्ली क्यापिटल्स प्लेइङ ११ : शिखर धवन, पृथ्वी शा, अजिक्या रहाणे, ऋषभ पन्त (कप्तान), मार्कस स्टोइनिस, शिम्रन हेटमायर, क्रिस वोक्स, रविचन्द्रन आश्विन, टम करन, अमित मिश्रा र आवेश खान ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]