default_image

5 years ago

April 10, 2021

करनको उत्कृष्ट अन्त्यमा दिल्लीलाई चेन्नईको बलियो लक्ष्य

134 views

0 Bookmark

एजेन्सी – शीर्षक्रमका ब्याट्सम्यान सुरेश रैना र तल्लोक्रमका युवा अलराउन्डर साम करनको आक्रामक ब्याटिङको सहयोगमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई १ सय ८९ रनको बलियो लक्ष्य दिएको छ ।

वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । आठौं नम्बरमा ब्याटिङ गरेका साम करनले १५ बलमा ४ चौका र २ छक्का सहित ३४ रन जोड्दै उत्कृष्ट अन्त्य गरे । रविन्द्र जडेजा १७ बलमा ३ चौका सहित २६ रनमा अविजित रहे । सातौं विकेटका लागि साम करन र जडेजाले २८ बलमा ५१ रनको साझेदारी गरेका थिए ।

चेन्नईका सुरेश रैनाले ३६ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए । रैनाले ३२ बलमा अर्धशतक पूरा गर्दै आइपिएलमा पूनरागमन गरेका थिए । गत सिजन रैनाले ब्यक्तिगत कारण खेलेका थिएनन् ।

दोस्रो ओभरको चौथो बलमा ओपनर फाफ डु प्लेसिसलाई आवेश खानले शून्यमा एलबिडब्लू आउट गरेका थिए । तेस्रो ओभरको पहिलो बलमा क्रिस वोक्सले अर्का ओपनर ऋतुराज गायकवाडलाई ५ रनमा शिखर धवनबाट क्याच आउट गराए ।

दुबै ओपनर सस्तैमा आउट भएपनि तेस्रो विकेटका लागि सुरेश रैना र मोइन अलीले ५३ रनको महत्वपूर्ण साझेदारी इनिङ उकासेका थिए । आक्रामक ब्याटिङ गरेका अली २४ बलमा ४ चौका र २ छक्का सहित ३६ रनमा धवनबाट क्याच आउट हुन पुगे ।

चौथो विकेटका लागि रैनाले अम्बाती रायुडूसँग मिलेर ३३ बलमा ६३ रनको साझेदारी गरेका थिए । १४ औं ओभरको पाँचौं बलमा टम करनले रायुडूलाई २३ रनमा धवनबाट क्याच आउट गराए । रायुडूले १६ बलमा १ चौका र २ छक्का प्रहार गरे ।

रैन १६ औं ओभरको पहिलो बलमा रन आउट हुन पुगे । रनै आउट भएको एक बलपछि आवेश खानले महेन्द्रसिंह धोनीलाई शून्यमा बोल्ड आउट गरे ।

आवेश खानले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । क्रिस वोक्सले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । रविचन्द्रन आश्विन र टम करनले १-१ विकेट लिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.