default_image

5 years ago

April 10, 2021

दक्षिण अफ्रिकामाथि पाकिस्तानको कीर्तिमानी जित

136 views

0 Bookmark

एजेन्सी – ओपनर मोहम्मद रिजवानको उत्कृष्ट ब्याटिङको सहयोगमा पाकिस्तानले पहिलो टि२० खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरेको छ ।

योसँगै चार टि२० आई सिरिजमा पाकिस्तानले १–० को अग्रता लिएको छ । जितको लागि १ सय ८९ रनको बलियो विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले आफ्नो टि२० आई इतिहासकै सर्वाधिक रन लक्ष्य सफलतापूर्वक पूरा (चेश) गरेको हो । पाकिस्तानका मोहम्मद रिजवान ५० बलमा ९ चौका र २ छक्का सहित ७४ रनमा अविजित रहे । हसन अलीले अन्तिम ३ बलमा ९ रन जोड्दै जित पक्का गरे ।

फहिम अशरफले १४ बलमा ४ चौका र १ छक्का सहित ३० रनको योगदान दिए । कप्तान बाबर आजम १४, फखर जमान २७, मोहम्मद हफिज १३ र हैदर अली १४ रनमा आउट भए । दक्षिण अफ्रिका बेउरन हेंड्रिक्सले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । तबरेज शाम्सीले २ विकेट लिए ।


त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । दक्षिण अफ्रिका ओपनर एडेन माक्ररमले ३२ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ५१ रनको योगदान दिए । कप्तान हेनरिक क्लासेन २८ बलमा २ चौका र ५ छक्का सहित ५० रनमा आउट भए । पिटे भान बिल्जोन ३४ र जानेमान मलान २४ रनमा आउट भए ।

पकिस्तानका हसन अलीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । मोहम्मद नवाजले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । शाहिन शाह अफ्रिदी र हरिस रौफले १–१ विकेट लिए । दोस्रो खेल सोमबार हुने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.