5 years ago
April 10, 2021
एजेन्सी – ओपनर पृथ्वी शा र शिखर धवनको उत्कृष्ट प्रदर्शनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा सानदार विजयी सुरुवात गरेको छ ।

शनिवार चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गर्दै दिल्लीले सानदार विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य विजयी पछ्याएको दिल्लीले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीका ओपनर शिखर धवनले ५४ बलमा १० चौका र २ छक्का सहित सर्वाधिक ८५ रनको योगदान दिए । पृथ्वी शाले ३८ बलमा ९ चौका र ३ छक्का सहित ७२ रनमा आउट भए । ऋषभ पन्त १४ रनमा अविजित रहे । मार्कस स्टोइनिस १४ रनमा आउट भए ।

पहिलो विकेटका धवन र पृथ्वी शाले १३.३ ओभरमा १ सय ३८ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै दिल्लीलाई सहज जित नजिक पुर्याएका थिए । ड्वेन ब्राभोले मोईन अलीबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । चेन्नईका शार्दूल ठाकुरले सर्वाधिक २ विकेट लिए । ड्वेन ब्रोभो १ विकेट लिए ।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन । आठौं नम्बरमा ब्याटिङ गरेका साम करनले १५ बलमा ४ चौका र २ छक्का सहित ३४ रन जोड्दै उत्कृष्ट अन्त्य गरे । रविन्द्र जडेजा १७ बलमा ३ चौका सहित २६ रनमा अविजित रहे । सातौं विकेटका लागि साम करन र जडेजाले २८ बलमा ५१ रनको साझेदारी गरेका थिए ।

चेन्नईका सुरेश रैनाले ३६ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए । रैनाले ३२ बलमा अर्धशतक पूरा गर्दै आइपिएलमा पूनरागमन गरेका थिए । गत सिजन रैनाले ब्यक्तिगत कारण खेलेका थिएनन् । दोस्रो ओभरको चौथो बलमा ओपनर फाफ डु प्लेसिसलाई आवेश खानले शून्यमा एलबिडब्लू आउट गरेका थिए । तेस्रो ओभरको पहिलो बलमा क्रिस वोक्सले अर्का ओपनर ऋतुराज गायकवाडलाई ५ रनमा शिखर धवनबाट क्याच आउट गराए ।

दुबै ओपनर सस्तैमा आउट भएपनि तेस्रो विकेटका लागि सुरेश रैना र मोइन अलीले ५३ रनको महत्वपूर्ण साझेदारी इनिङ उकासेका थिए । आक्रामक ब्याटिङ गरेका अली २४ बलमा ४ चौका र २ छक्का सहित ३६ रनमा धवनबाट क्याच आउट हुन पुगे । चौथो विकेटका लागि रैनाले अम्बाती रायुडूसँग मिलेर ३३ बलमा ६३ रनको साझेदारी गरेका थिए । १४ औं ओभरको पाँचौं बलमा टम करनले रायुडूलाई २३ रनमा धवनबाट क्याच आउट गराए । रायुडूले १६ बलमा १ चौका र २ छक्का प्रहार गरे ।
रैन १६ औं ओभरको पहिलो बलमा रन आउट हुन पुगे । रनै आउट भएको एक बलपछि आवेश खानले महेन्द्रसिंह धोनीलाई शून्यमा बोल्ड आउट गरे ।आवेश खानले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । क्रिस वोक्सले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । रविचन्द्रन आश्विन र टम करनले १-१ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]