default_image

5 years ago

April 11, 2021

धोनीलाई १९ लाख जरिवाना

131 views

0 Bookmark

एजेन्सी – चेन्नई सुपर किंग्सका कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा १९ लाख २० हजार रुपैयाँ जरिवाना लागेको छ ।

शनिबार राती सम्पन्न दिल्ली क्यापिटल्ससँगको खेलमा स्लो ओभर रेटको कारण धोनीलाई १२ लाख भारु अर्थात १९ लाख २० हजार रुपैयाँ जरिवाना लागेको हो । आइपिएलको नियम अनुसार २० ओभरमा ९० मिनेटमा सक्नुपर्ने हुन्छ ।

पहिलो खेलमा दिल्लीले चेन्नई सुपर किंग्सलाई ७ विकेटले हराएको थियो । जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य दिल्लीले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । दिल्लीका ओपनर पृथ्वी शा ७२ र शिखर धवन ८५ रनको योगदान दिएका थिए ।

धोनीले आइपिएल भारतीय समय अनुसार ७:३० बाट सुरु हुँदा सुरुमा ब्याटिङ गर्ने टोलीलाई केहि घाटा हुने बताएका छन् । धोनीले ३० देखि ४० मिनेट ढिला सुरु गर्नुपर्ने बताएका छन् । १ सय ८८ रनको योगफलमा जित्न नसकेपछि सोधिएको प्रश्नमा जवाफ दिँदै धोनीले भने, ‘सुरुमा ब्याटिङ कठिन थियो । ब्याट्सम्यानको सोच सितमा नै हुन्छ । तर एकपटक सित परेपछि वानखडे स्टेडियम ब्याटिङ गर्न सहज हुन्छ ।’

चेन्नईले आफ्नो दोस्रो खेल १६ अप्रिलमा पन्जाब किंग्ससँग खेल्ने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.