5 years ago
April 11, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को तेस्रो खेलमा आज सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार ७ : ४५ बजे चेन्नईमा सुरु हुने छ ।

दुबै टोली विजयी सुरुवात गर्ने सोचका साथ मैदान प्रवेश गर्ने छन् । कोलकाताको कप्तानी इंग्ल्यान्डका कप्तान ओईन मोर्गन र हैदराबादको अष्ट्रेलिया ओपनर डेविड वार्नरले गर्ने छन् । यी दुबै ब्याट्सम्यान आक्रामक ब्याटिङका लागि चर्चित अन्तर्राष्ट्रिय नाम हुन् ।
कोलकाताले चार विदेशी खेलाडीको कोटामा सकिब अल हसन, मोर्गन, आन्द्रे रसेल र प्याट कमिन्सलाई मौका दिने सम्भावना छ । ओपनिङ सुभमन गिल र नितेश रानाले गर्ने सम्भावना छ । मोर्गन, दीनेश कार्तिक र सकिब हल हसनले मध्यक्रममा ब्याटिङ सम्हाल्ने छन् ।

फिनिसरमा आन्द्रे रसेल छन् । रसेलले आफ्नो लय समाएका टोलीलाई सहज जित दिलाउन सक्छन् । आक्रामक र ठूला सटका लागि परिचित रसेलले एकै ओभरमा खेललाई मोड्न सक्छन् । प्याट कमिन्स पनि तल्लोक्रममा ठूला सट प्रहार गर्न सक्छन् । हरभजन सिंह र बरुण चक्रबर्तीलाई स्पिन हतियार हुन् । तीव्र गतिमा प्याट कमिन्सलाई प्रसिद्ध कृष्णा र कमलेश नगरकोटीले साथ दिने सम्भावना छ ।हैदराबादले आफ्नो चार विदेशी खेलाडीको कोटामा वार्नरसँगै जोनी बेयरस्टो, राशिद खान र जेसन होल्डरलाई मौका दिन सक्छ । बेयरस्टोको स्थानमा विलियम्सनलाई पनि मैदान उतार्न सक्छ ।

यी दुबै खेलाडीलाई बेन्चमा राखेर जेसन रोयलाई वार्नरका साथ ओपनिङ गराउन सक्छ । ओपनिङ वार्नर र बेयरस्टोले गर्ने छन् । मध्यक्रममा मनिष पाण्डे, प्रियम गर्ग र विराट सिंहलाई मौका दिन सक्छ । तल्लोक्रममा युवा ब्याट्सम्यान अब्दुल सामद कोलकातालाई घातक बन्न सक्छन् । अब्दुल ठूला सटको लागि परिचित उदाउँदा भारतीय युवा अलराउन्डर हुन् । तीव्र गतिका बलरमा भुवनेश्वर कुमार र टि नटराजन हुने छन् । नटराजन योर्करका लागि माहिर छन् । पछिल्लो समय भारतीय टोलीमा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

गतवर्ष दुबै खेलमा कोलकाता विजयी भएको थियो । पछिल्ला पाँच खेलको भेटमा कोलकाता तीन खेलमा विजयी भएको छ । २ खेलमा पराजित भएको छ । यी दुई टोलीबीच कुल १९ खेल भएको छन् । जसमा कोलकाता १२ खेलमा विजयी हुँदा ७ खेलमा पराजित भएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]