default_image

5 years ago

April 11, 2021

नामिबिया र भारतीय टोलीसँग सिरिज गर्ने क्यानको तयारी

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी जगट टमटालाई दिएको छ ।

मुलपानीमा सम्पन्न बोर्ड बैठकले टमटालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको जनाएको छ । पछिल्लो समय टमटा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मुख्य प्रशिक्षक रहँदै आएका थिए ।

गत वर्ष नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा टमटाकै प्रशिक्षकमा नेपाली महिला टोलीले कास्य पदक जितेको थियो । टमटाले नेपाली पुरुष, महिला र यू१९ टोली हेरि सकेका छन् । टमटा प्रशिक्षकमा नेपालले एकदिवसिय मान्यता प्राप्त गरेको थियो । त्यस्तै नेपालले मे को तेस्रो हप्ता नामिबियासँग एकदिवसिय सिरिज सञ्चालन गर्ने तयारी गरि रहेको जनाएको छ । महिला टोलीले अप्रिल तेस्रो हप्तादेखि उत्तर खण्ड महिला क्रिकेट टोलीसँग टि२० र एकदिवसिय मैत्रीपूर्ण खेल खेल्ने तयारी गरि रहेको पनि जनाएको छ ।

क्यानको बोर्ड बैठकले १८–१८ पुरुष महिला खेलाडीलाई २०२१ को केन्द्रिय सम्झौता गर्न आगमी मे १५ मा बोर्डलाई खेलाडी छनोट गर्दै प्रतिवेदन पेस गर्न राजबाबु श्रेष्ठ, सञ्जय राज सिंह र प्रशान्त विक्रम मल्ल गरि तीन सदस्य समिति गठन गर्ने निर्णय गरेको छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.