5 years ago
April 11, 2021
एजेन्सी – ओपनर नितेश रानाको उत्कृष्ट ब्याटिङको सहयोगमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादलाई १ सय ८८ रनको लक्ष्य दिएको छ ।

चेन्नईमा टस हारेर ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८७ रन बनायो । कोलकाता ओपनर नितेश रानाले ५६ बलमा ९ चौका र ४ छक्का सहित सर्वाधिक ८० रनको योगदान दिए । राहुल त्रिपाठी २९ बलमा ५ चौका र २ छक्का सहित ५३ रनमा क्याच आउट भए । दिनेश कात्तिक ९ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे ।
कोलकातालाई ओपनर नितेश र सुभमन गिलले ७ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सातौं ओभरको अन्तिम बलमा स्पिनर राशिद खानले गिललाई १५ रनमा बोल्ड आउट गर्दै ओपनिङ साझेदारी तोडेका थिए ।

दोस्रो विकेटका लागि नितेश र राहुलले ५० बलमा ९३ रनको साझेदारी गरेपछि कोलकाताले बलियो योगफलको आधार तय गरेको थियो । तीव्र गतिका बलर टि नटराजनले १६ औं ओभरको दोस्रो बलमा राहुललाई विकेटकिपर ऋद्धिमान शाहबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । राशिद खानले आन्द्रे रसेललाई मनिष पाण्डेबाट ५ रनमा क्याच आउट गराए ।
नितेशलाई १८ औं ओभरको तेस्रो बलमा मोहम्मद नाबीले विजय शंकरबाट क्याच आउट गराएका थिए । लगत्तै अर्को बलमा कप्तान ओईन मोर्गन अब्दुल सामदबाट २ रनमा क्याच आउट हुन पुगे ।
स्पिनर मोहम्मद नाबीले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । स्पिनर राशिद खानले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । टि नटराजन र भुवनेश्वर कुमारको नाममा १–१ विकेट रह्यो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]