default_image

5 years ago

April 11, 2021

हैदराबादलाई हराउँदै कोलकाता विजयी सुरुवात

317 views

0 Bookmark

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनायो ।


हैदराबादका मनिष पाण्डे ४४ बलमा २ चौका र ३ छक्का ६१ रनमा अविजित रहेपनि जितको लागि पर्याप्त रहेन । युवा अलरान्डर अब्दुल समाद ८ बलमा २ छक्का सहित १९ रनमा अविजित रहे । अन्तिम बलमा आन्द्रे रसेललाई मनिष पाण्डेले छक्का प्रहार गरेपनि जितको लागि भने पर्याप्त थिएन ।


जोनी बेयरस्टो ४० बलमा ५ चौका र ३ छक्का सहित ५५ रनमा क्याच आउट भए । दोस्रो ओभरको तेस्रो बलमै तीव्र गतिका बलर प्रसिद्ध कृष्णाले दीनेश कार्तिकबाट ओपनर तथा कप्तान डेविड वार्नरलाई ३ रनमा क्याच आउट गराएका थिए । लगत्तै तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर ऋद्धिमान शाहलाई ७ रनमा स्पिनर सकिब अल हसनले बोल्ड आउट गरेपछि हैदराबाद १०–२ को कमजोर अवस्थामा पुगेको थियो ।


खराब सुरुवात गरेको हैदराबादलाई तेस्रो विकेटका लागि मनिष र जोनी बेयरस्टोले ६७ बलमा ९२ रनको साझेदारी गर्दै जितको आशा जगाएका थिए । तर प्याट कमिन्सको १३ औं ओभरको अन्तिम बलमा बेयरस्टो नितेश रानाबाट क्याच आउट भएपछि हैदराबादको जित कठिन बनेको थियो । मोहम्मद नाबी १४ र विजय शंकर ११ रनमा आउट भए । कोलकाता तीव्र गतिका बलर प्रसिद्ध कृष्णाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । आन्द्रे रसेल, सकिब अल हसन र प्याट कमिन्सले १–१ विकेट लिए ।

त्यसअघि चेन्नईमा टस हारेर ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो । कोलकाता ओपनर नितेश रानाले ५६ बलमा ९ चौका र ४ छक्का सहित सर्वाधिक ८० रनको योगदान दिए । राहुल त्रिपाठी २९ बलमा ५ चौका र २ छक्का सहित ५३ रनमा क्याच आउट भए । दिनेश कात्तिक ९ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे ।

कोलकातालाई ओपनर नितेश र सुभमन गिलले ७ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सातौं ओभरको अन्तिम बलमा स्पिनर राशिद खानले गिललाई १५ रनमा बोल्ड आउट गर्दै ओपनिङ साझेदारी तोडेका थिए ।

दोस्रो विकेटका लागि नितेश र राहुलले ५० बलमा ९३ रनको साझेदारी गरेपछि कोलकाताले बलियो योगफलको आधार तय गरेको थियो । तीव्र गतिका बलर टि नटराजनले १६ औं ओभरको दोस्रो बलमा राहुललाई विकेटकिपर ऋद्धिमान शाहबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । राशिद खानले आन्द्रे रसेललाई मनिष पाण्डेबाट ५ रनमा क्याच आउट गराए ।

नितेशलाई १८ औं ओभरको तेस्रो बलमा मोहम्मद नाबीले विजय शंकरबाट क्याच आउट गराएका थिए । लगत्तै अर्को बलमा कप्तान ओईन मोर्गन अब्दुल सामदबाट २ रनमा क्याच आउट हुन पुगे । स्पिनर मोहम्मद नाबीले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । स्पिनर राशिद खानले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । टि नटराजन र भुवनेश्वर कुमारको नाममा १–१ विकेट रह्यो ।

कोलकाताले आफ्नो दोस्रो खेल मंगलबार मुम्बईसँग खेल्ने छ । हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरसँग बुधबार खेल्ने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.