5 years ago
April 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौधरी ग्रुपको उत्पादन वाई वाईले नेपाल क्रिकेट संघ अन्तर्गत यू-१९ पुरुष क्रिकेट टोलीको सम्पूर्ण क्रिकेट गतिविधिका लागि ५ वर्षे सम्झौता गरेको छ । विगत १६ वर्षदेखिको सहकार्यलाई निरन्तरता दिँदै नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच आज सम्झौता भएको हो ।

सोमबार एक कार्यक्रमबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्भाना चौधरी र क्यान अध्यक्ष चतुरबहादुर चन्दले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार चौधरी ग्रुपले वार्षिक ७० लाख रुपैयाँ प्रदान गर्नेछ । हरेक २ वर्षमा १० प्रतिशत रकम वृद्धि हुने सम्झौतामा उल्लेख छ । यो रकम पुरुष यू-१९ क्रिकेटको घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रयोग हुनेछ ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले आफ्नो संस्थाको मुख्य लक्ष्य क्रिकेट विकासमा सहयोग गर्ने रहेको बताए । ‘ हामीले विगत १६ वर्षदेखि निरन्तर यू-१९ क्रिकेटलाई सहयोग गर्दै आएका छौं । सिनियर क्रिकेटको आधार भनेकै यू-१९ क्रिकेट हो । यसलाई बलियो बनाउन हामीले सधैं सहयोग गर्न तत्पर छौं,’उनले भने ।

यता क्यान अध्यक्ष चन्दले निजी संस्थाको सहयोग नै क्रिकेटमा कार्यक्रमको मुख्य आधार रहेकाले चौधरी ग्रुपको यस कदमको स्वागत गरे । ‘निजी संस्थाको सहयोगबिना क्रिकेटमा कार्यक्रम गर्न सम्भव छैन । चौधरी ग्रुपले लामो समयदेखि उमेर समूह क्रिकेटमा सहयोग गर्दै आएको छ । त्यसलाई अझ परिस्कृत गर्दै लामो समय सम्झौता गर्न पाउँदा खुसी छौं,’ उनले भने ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]