default_image

5 years ago

April 12, 2021

योगेन्द्रको १ सय ७१ रनमा पुलिसको रनको वर्षा

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर योगेन्द्रसिंह कार्कीको विष्फोटक शतकको सहयोगमा नेपाल पुलिस क्लबले भारतको सिक्किममा जारी कन्चनजंगा शिल्ड डिभिजन ए लिग खेलमा ज्ञालसिंह एण्ड डिस्टिक वेलफेयर क्रिकेट (जिडिसिडब्लूए) लाई ३ सय ८७ रनको विशाल लक्ष्य दिएको छ ।

सिक्किम क्रिकेट ग्राउन्ड रङ्पोमा पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै ३ सय ८६ रन बनाएको थियो ।योगेन्दसिंह कार्कीले १ सय १७ बलमा १८ चौका र ७ छक्का सहित १ सय ७१ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेले । योगेन्द्रले ४६ औं ओभरको चौथो बलमा विपिन शर्मालाई छक्का प्रहार गर्दै ९८ बलमा शतक पूरा गरेका थिए । योगेन्द्रले अन्तिम १९ बलमा ७३ रनको विष्फोटक इनिङ खेलेका थिए ।


ओपनर शंकर राना ६६ बलमा ८ चौका र २ छक्का सहित ६५ रनमा आउट भए । दीलिप नाथ १२, कप्तान अनिल कुमार शाह १३, सिद्धान्त लोहनी ३२ रनमा आउट भए । सिद्धान्तले २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । प्रेम तामाङ ७ र गुलशन झा १ रनमा आउट भए । अभिनाश कर्ण ५० बलमा ५ चौका सहित ४४ रनमा अविजित रहे ।


नारचुंग लेप्चाले ८ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । मोहम्मद आदिल खान, मनोज शर्मा, निखिल गौतम र नाम हाङ लिम्बो १–१ विकेट लिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.