default_image

5 years ago

April 12, 2021

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीेेले आगामी एक वर्षका लागि प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक भएको छ ।

राष्ट्रिय क्रिकेट टोलीको जर्सी सम्बन्धि सम्पूर्ण व्यावसायिक अधिकार खरिद गरेको एडप्याडले आएनजी ग्रुपको ‘माइ सेकेन्ड टिचर’ सँग सम्झौता गरेको हो । टोेलीले सन् २०२२ मार्चसम्म यसै जर्सी प्रयोग गर्नेछ । क्यान र एडप्याडबीच जनवरी २०२१ मा यसका लागि सम्झौता भएको थियो ।

राष्ट्रिय टोलीले अर्को साता त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु ‌हुने त्रीदेशीय प्रतियोगितामा यो जर्सी प्रयोग गर्नेछ । माइ स्कुल टिचरका सह संस्थापक सुलभ बुढाथोकीले राष्ट्रिय टोलीसँग सहकार्य गर्न पाउनु गौरवको विषय रहेको बताए ।

सम्झौता रकम भने खुलाइएको छैन । क्यान, एडप्याड र माइ सेकेन्ड टिचर गरि तीन पक्ष हुँदा सम्झौता रकम नखुलाईएको बुढाथोकीले बताए । कप्तान ज्ञानेन्द्रले धन्यावाद ब्यक्त गर्दै आगमी दिनमा अझ ठूलो लगानी नेपाली क्रिकेटमा हुनुपर्ने बताएका थिए । ‘नेपाली क्रिकेटको सम्भावना बढी । आगमी दिनमा लगानी अझ बढी होस् । नयाँ जर्सीका साथ मैदान उत्रन आतुर छ’, ज्ञानेन्द्रले भने । मुख्य प्रशिक्षक देभ ह्टमोरले प्रायोजक एउटा राम्रो साझेदारी रहेको बताएका थिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.