default_image

3 years ago

April 13, 2021

व्यस्त सिनियर टोली, शून्य उमेर समूह

42 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

कुनैपनि काम गर्दा जग बलियो हुन सकेन भने त्यसको अन्तिम नतिजामा दीर्घकालीन असर पर्छ  बलियो जगविना सफल नतिजाको परिकल्पना गर्न सकिदैन । धेरै पक्षमा बलियो जग नै सफलताको आधार हुन्छ । नेपाली क्रिकेट भने पछिल्लो समय जग बसाल्ने पक्षमा चुक्दै आएको छ

सिनियर टोली एकपछि अर्को प्रतियोगिता खेल्दा उमेर समूहको गतिविधि  शून्य जस्तै छ । सिमित एकेडेमी र निजी क्षेत्रका केहि प्रतियोगितालाई छाड्ने हो नेपालमा उमेर समूहको प्रतियोगिता शून्य छन् । उमेर समूह ६ वर्षदेखि राष्ट्रिय प्रतियोगिता भएको छैन ।

नेपाल क्रिकेट संघ (क्यान) ले पछिल्लो तीन महिनाको अन्तरमा महिला र पुरुष दुई दुई गरि कुल चार प्रतियोगिता सम्पन्न गर्यो । कोरोना महामारीपछि गत पुषदेखि घरेलु क्रिकेटमा फर्किएको नेपाली क्रिकेट पछिल्लो समय ब्यस्त छ । पुष तेस्रो साता दाङको लमहीमा प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको थियो । एपिएफलाई स्तब्ध पार्दै प्रदेश १ पहिलो पटक राष्ट्रिय च्याम्पियन बनेको थियो । माघमा टियु मैदानमा पुरुष प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता सम्पन्न भयो ।

फागुनमा काठमाडौं महानरपालिका आर्थिक सहयोगमा काठमाडौं मेयर कप आयोजना गरेको थियो । प्रधानमन्त्री कपमा सेमिफाइनलमा पुगेका चार टोली र समूह चरणबाटै बाहिरिएको एक टोली गरि कुल पाँच टोली लिगमा प्रतिस्पर्धा गरेका थिए । चैतमा ललितपुर महानगरपालिका सहयोगमा क्यानले महिला टि२० क्रिकेट प्रतियोगिता पनि सम्पन्न गरि सकेको छ ।

वैशाखमा कीर्तिपुरमा मलेसिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टि२० सिरिज खेल्दै छ । आगमी मे तेस्रो साता नामिबियासँग एकदिवसिय सिरिज खेल्ने तयारी अगाडि बढाई सकेको छ । महिला टोलीले वैशाखमै उत्तराखण्ड टि२० र एकदिवसिय क्रिकेट प्रतियोगिता खेल्ने तयारीमा छ । तर उमेर समूहको प्रतियोगिता भने शून्य छ ।

उमेर समूह राष्ट्रिय प्रतियोगिता नभएको ६ वर्ष भइसक्यो । पछिल्लो पटक यू१९ महिला र पुरुष राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता २०१४ मा भएको थियो । महिला काठमाडौं र पुरुष झापामा भएको थियो । त्यसयता कुनैपनि उमेर समूह राष्ट्रिय प्रतियोगिता भएको छैन । स्कुल क्रिकेट, यू१३ र यू१५ क्रिकेट प्रतियोगिता विरलै हुन्छ । समग्रमा २०१४ टि२० विश्वकपपछि नेपाली क्रिकेट विवादमा फसेसँगै ग्रास रुट पनि शून्य हुँदै गएको थियो ।

महिला उमेर समूह प्रतियोगिता कहिले हुन्छ स्वयम क्यानले स्पष्ट जवाफ दिन सक्दैन । क्यानले नेपाली यू१९ टोलीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि चौधरी ग्रुपको वाइ वाइसँग ५ वर्षको सम्झौता गरेको छ । सम्झौता अनुसार क्यानले वार्षिक ७० लाख पाउनेछ । तर यू१९ प्रतियोगिता कहिले निश्चित छैन । क्यानले दीर्घकालीन समयका लागि राम्रो रकम पाएकाले अब भने गतिविधि सुरु हुने अपेक्षा गर्न सकिन्छ ।

पछिल्लो पटक २०७६ साल वैशाखमा मनमोहन मेमोरियल क्रिकेट सेन्टरले मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । २०७५ चैतमा मदन भण्डारी स्पोटर््स एकेडेमीले यू१६ प्रतियोगिता गरेको थियो । यी दुवै प्रतियोगितामा ७ प्रदेशले प्रतिस्पर्धा गरेका थिए । २०७६ साल फागुनमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले यू१९ दुई दिवसिय क्रिकेट लिग आयोजना गरेको थियो । जुन लिगमा ६ एकेडेमीले प्रतिस्पर्धा गरेका थिए ।

जसबाट वैशाखमा थाईल्यान्डमा भएको यू१६ टोली छनोट गरिएको थियो । नेपाल च्याम्पियन बनेर फर्किएको थियो । नेक्सस क्रिकेट एकेडेमी, भैरहवामा शक्ति गौचनको स्टार क्रिकेट एकेडेमी, ग्रेट हिमालय लगायतका केहि निजी एकेडेमीले उमेर समूहमा केहि प्रतियोगिता गराउँदै आएका छन् । यसै साता क्वीन्स इभेन्ट्स म्यानेजमेन्टले प्रा.ली ले बलियो नेपाल यू१६ प्रतियोगिता आयोजना गर्यो । जसमा लुम्बिनी प्रदेशका १२ जिल्लाले सहभागिता जनाएका थिए ।

पछिल्लो ६ वर्षमा नेपालको उमेर समूह एकेडेमी र निजी क्षेत्रकै भरमा चल्यो । अहिलेको सिनियर टोलीमा देखिएका प्रतिभा पनि एकेडेमीकै उत्पादन हुन् । प्रधानमन्त्री कपमा उत्कृष्ट प्रभाव छाड्ने अर्जुन कुमालदेखि विवेक यादव सम्मका सबै खेलाडी एकेडेमीकै उत्पादन थिए । गाउँ गाउँ र टोल टोलसम्म क्यान जान सकेको छैन । क्यान विवाद, निलम्बन र फुकुवाको ६ वर्ष सबैभन्दा ठूलो मारमा उमेर समूहका खेलाडी परे । थुप्रै प्रतिभावान् युवा खेलाडी गाउँ र टोलबाट माथि उठ्न सकेनन्, जहाँको त्यहिँ रहे ।

नेपाली महिला यू–१९ टोलीले यो समयमा एक पटक मात्र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनायो । गतवर्ष चीनमा भएको बी एण्ड आर प्रतियोगिता खेलेको थियो । डली भट्टको कप्तानीमा प्रतियोगितामा सहभागिता जनाएको उक्त प्रतियोगितामा सिमित खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो । ती सबै एकेडेमीकै खेलाडी बाहुल्यता थियो । एकेडेमी बाहेक अन्य खेलाडीलाई आफ्नो क्षमता देखाउने कुनै अवसरनै थिएन ।

गाउँ, टोल, खेत, गल्ली, बगरमा खेल्ने थुप्रै सम्भावना बोकेका र प्रतिभा भएका खेलाडीले माथि उठ्ने अवसर पाउन सकेनन् । ६ वर्षको अवधिमा सिनियर टोलीमा एक दर्जभ भन्दा बढी खेलाडीले डेब्यू गरे । ति सबै एकेडेमीकै उत्पादन थिए । क्यान प्रतिबन्धसँगै यू१९ प्रशिक्षक जगत टमटाले सिनियर टोलीको नेतृत्व गरेका थिए ।

त्यसपछि यू१९ अन्तर्राष्ट्रिय प्रतियोगिता विनोद दासले हेरेका थिए । विनोद दासकै प्रशिक्षकमा नेपालले सन् २०१७ एसिया कपमा भारतलाई १९ रनले पराजित गर्दै इतिहास रचेको थियो । गतवर्ष यू१९ प्रशिक्षक विनोद दास अहिले क्यानका ब्यवस्थापक (म्यानेजर) हुन् । विनोदलाई उमेर समूहको महत्व राम्रोसँग थाहा छ ।

विनोद यू१९ प्रतियोगिताको लागि तयारी गरि रहेको बताउँछन् । विनोदले के कस्तो तयारी गर्नु भएको छ भन्ने प्रश्नमा दुई महिनादेखि यसैमा लागि रहेको जवाफ दिन्छन् । नेपालले यू१९ प्रतियोगिता भने निरन्तर खेल्दै आएको छ । तर प्रायः समिति खेलाडीलाई बन्द प्रशिक्षमा बोलाइएको थियो ।

कहिले एकेडेमी र त कहिले सिमित स्थानमा ट्यालेन्ट हन्ट गर्दै यू१९ टोली निर्माण भएको थियो । क्यानले क्रिकेट बलियो बनाउन सुरुमा यू१३, यू१५, यू १६, यू१९ हुँदै राष्ट्रिय प्रतियोगिता गराउनु पर्ने हो । यसले खेलाडीमा उमेर समूहमै निखारता ल्याउनुको साथै मनोबल उच्च गराउँछ । तर क्यानले त्यसो गर्न सकेन ।

उमेर समूहमा नेपालले आगमी वर्ष वेस्टइन्डिजमा हुने यू१९ विश्वकपको लागि यूएईमा छनोट खेल्ने छ । यू१९ एसिया कप पनि खेल्ने छ । तर यी दुबै प्रतियोगिता मिति भने तय भएको छैन । नेपालले पनि कुनै तयारी थालेको छैन । महिला टोलीले मलेसियामा हुने यू१९ इलिट कप खेल्ने भनेपनि मिति तय हुन सकेको छैन । यू१६ को कुनै प्रतियोगिता हालसम्म सार्वजनिक भएको छैन ।

कुनैपनि देशको क्रिकेट अवस्था र आगमी भविष्य त्यस देशको ग्रास रुट कस्तो छ त्यसमा निर्भर पर्छ । कमजोर ग्रासरुटबाट क्रिकेट विकासको परिकल्पना गर्न सकिदैन । नेपालको आगमी लक्ष्य अष्ट्रेलियामा हुने टि२० विश्वकप हुँदै २०२३ मा ओडिआई मान्यतालाई निरन्तरता दिनु हो । सिनियर टोली एकपछि अर्को प्रतियोगितामा ब्यस्त हुनु एकदमै राम्रो कुरा हो । क्यानको प्रयासलाई सकरात्मक रुपमा लिनुपर्छ । यति मात्र पर्याप्त भने छैन । क्यानले आफूभन्दा बलिया टोलीसँग सिरिज खेल्ने वातावरण मिलाउनुपर्छ ।

कमजोर टोलीलाई हराउनु भन्दा बलिया टोलीबाट हार्दा धेरै सिक्न सक्छ । हारले कमजोरी देखाउँछ । त्यसको लागि नेपालले अहिलेदेखिनै विशेष योजनाका साथ अघि बढ्न आवश्यक देखिन्छ । त्यसको लागि सबैभन्दा बढी उमेर समूहमा विशेष लगानी र योजना ल्याउन गर्न आवश्यक देखिन्छ ।

रुखको टुप्पो जति हतियो भएपनि फेद सुकेको छ भने धेरै समय बाँच्न सक्दैन । उमेर समूह क्रिकेटमा लगानी र प्रतियोगिता नगर्ने हो भने आगमी दिनमा नेपाली क्रिकेट पनि टुप्पोबाट पलाएको रुख जस्तै नहोला भन्न सकिदैन ।

May 15, 2024

विश्वकप जर्सी केल्मीबाट नेपालभर डेलिभर हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टि२० विश्वकपमा प्रयोग गर्ने जर्सी किट निर्माण गर्ने कम्पनी केल्मीले आम समर्थकका लागि जर्सी नेपालभर डेलिभर गर्ने भएको छ । केल्मीले ३६ सय रुपैयाँमा जर्सी विक्री गर्दैछ । यसअघि प्रि-अर्डरको विशेष अफरमा २५ सय रुपैयाँमा बुकिङ खुल्ला गरिएको थियो भने त्यो अफर समाप्त भइसकेको छ । […]

May 15, 2024

एपिएफ एक खेल अगावै ललितपुर मेयर्स कपको फाइनलमा 

एजेन्सी – नेपाल एपिएफ क्लब काठमाडौँमा जारी ललितपुर मेयर्स कप २०८१ को फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्दै उपाधि दावेदार एपिएफ एक खेल बाँकी छँदै फाइनलमा प्रवेश गरेको हो । एपिएफको ३ खेलमा ६ अंक भएको छ । दोस्रो स्थानको सुदूरपश्चिमले २ खेलमा ४ अंक नै बटुलेको छ । ललितपुरको […]

May 15, 2024

लखनऊ विरुद्ध दिल्लीको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । […]

Success

Thank you for your time.