default_image

5 years ago

April 13, 2021

पन्जाबको रोमाञ्चक जित, स्यामसनको शतक खेर!

141 views

0 Bookmark

एजेन्सी – कप्तान सञ्जु स्यामसनको कीर्तिमानी शतकका बाबजुद पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा रोमाञ्चक जित हात पारेको छ । पञ्जाबले राजस्थानलाई ४ रनले हराउँदै रोमाञ्चक विजयी सुरवात गरेको हो ।

जितको लागि २ सय २२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रन बनायो । राजस्थानका कप्तान सञ्जु स्यामसनले ६३ बलमा १२ चौका र ७ छक्का सहित सर्वाधिक १ सय १९ रनको उत्कृष्ट शतकीय कीर्तिमानी इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । स्यामसनले ५४ बलमा शतक प्रहार गरेका थिए । आइपिएल इतिहासमा डेब्यू कप्तानीमा शतक प्रहार गर्ने स्यामसन पहिलो ब्याट्सम्यान बनेका छन् । स्यामसनले १८ औं ओभरको तेस्रो बलमा झेय रिचर्डसनलाई चौका प्रहार गर्दै शतक पूरा गरेका थिए । त्यसअघि स्यामसनले दुई जीवनदान पाएका थिए । ब्यक्तिगत १२ र ३५ रनमा क्याच ड्रप हुँदा जीवनदान पाएका थिए ।


राजस्थानलाई अन्तिम ओभरमा जितको लागि १३ रन आवश्यक परेको थियो । तीव्र गतिका बलर अर्शदीप सिंहले पहिलो बल स्यामसनलाई डट राखे । दोस्रो बलमा स्यामसनले एक रन बटुले । तेस्रो बलमा पनि अर्शदीपले एक रन दिए । चौथो बलमा स्यामसनले छक्का प्रहार गरे । तर पाँचौ बल डट राखेपछि खेल रोमान्चक बनेको थियो । अन्तिम बलमा स्यामसनले ठूलो सट प्रहार गरेपनि दीपक हुडाबाट क्याच आउट भएपछि पन्जाब विजयी भएको थियो ।


पहिलो ओभरको तेस्रो बलमा ठूलो सट खेल्नेक्रममा टप एज लागेर बेन स्टोक्स मोहम्मद शामीबाट शून्यमा कट एण्ड बोल्ड आउट भएका थिए । अर्शदीप सिंहले चौथो ओभरको दोस्रो बलमा मनान बोहरालाई १२ रनमा कट एण्ड बोल्ड आउट गर्दै पन्जाबलाई राम्रो सुरुवात दिलाएका थिए । आठौं ओभरको तेस्रो बलमा झेय रिचर्डसनले योर्करमा जस बटलरलाई २५ रनमा बोल्ड आउट गरेपछि राजस्थान सुरुवाती समय दबाबमा परेको थियो । बटलरले १३ बलमा ५ चौका प्रहार गरे । त्यसअघि बटलरले तीव्र गतिका बलर राइली मेरिडिथलाई पाँचौं ओभरमा लगातार चार चौका प्रहार गरेका थिए ।


त्यसपछि शिवम दुबेले १५ बलमा ३ चौका सहित २३ रनमा क्याच आउट भए । राम्रो प्रदर्शन गरेका युवा ब्याट्सम्यान रियान परागलाई मोहम्मद शामीले १७ औं ओभरको दोस्रो बलमा बाउन्सर गरेपछि टप एज लागेर विकेटकिपर लोकेश राहुलबाट २५ रनमा समातिन पुगेका थिए । परागले ११ बलमा ३ छक्का र १ चौका प्रहार गरे ।

पन्जाबका मोहम्मद शामीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । राइली मेरिडिथ र झेय रिचर्डसनको नाममा १–१ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो । पन्जाबका कप्तान लोकेश राहुलले ५० बलमा ७ चौका र ५ छक्का सहित ९१ रनको उत्कृष्ट इनिङ खेले । दीपक हुडाले २८ बलमा ४ चौका र ६ छक्का सहित ६४ रनको विष्फोटक इनिङ खेले ।

तेस्रो ओभरको चौथो बलमा तीव्र गतिका बलर चेतन सकारिया मयंक अग्रवाललाई १४ रनमा विकेटकिपर सञ्जु स्यामसनबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि राहुल र क्रिस गेलले ४५ बलमा ६७ रनको साझेदारी गरेका थिए । दशौं ओभरको पाँचौं बलमा रियान परागले बेन स्टोक्सबाट गेललाई ४० रनमा क्याच आउट गराएका थिए । गेलले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यसपछि राहुल र दीपकले रनको वर्षा गराएका थिए ।

तेस्रो विकेटका लागि दीपक र राहुलले ४५ बलमा १ सय ५ रनको विष्फोटक शतकीय साझेदारी गरेपछि पन्जाबले विशाल योगफल बनाउन सफल भएको हो । १८ औं ओभरको अन्तिम बलमा चेतनले फाइनल लेगमा उत्कृष्ट क्याच गरेपछि निकोलस पुरन शून्यमा आउट भएका थिए ।

क्रिस मोरिसले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । डेब्यू खेल खेलेका तीव्र गतिका देबे हाते बलर चेतन सकारियाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । रियान परागले १ विकेट लिए ।

राजस्थानले आफ्नो दोस्रो खेल बिहिबार दिल्ली क्यापिटल्ससँग खेल्ने छ । पन्जाबले शुक्रबार चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.