5 years ago
April 13, 2021
एजेन्सी – राजस्थान रोयल्सका कप्तान सञ्जु स्यामसनले इन्डियन प्रिमियर लिग (आइपिएल) मा नयाँ इतिहास रचेका छन् । सोमबार राती सम्पन्न खेलमा स्यामसनले डेब्यू कप्तानी खेलमा पन्जाव किंग्सविरुद्ध १ सय १९ रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै कीर्तिमान बनाएका हुन् ।

स्यामसन आइपिएल इतिहासमा डेब्यू कप्तानी खेलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । स्यामसनले उत्कृष्ट शतकीय इनिङ खेलेपनि टोलीको ४ रनको झिनो हार भने टार्न सकेनन् । स्यामसनको आइपिएलमा यो तेस्रो शतक हो । यस अघि आइपिएल डेब्यू कप्तानीमा सर्वाधिक रन बनाउने कीर्तिमान दिल्लीका कप्तान श्रेयस ऐरको नाममा थियो । ऐरले सन् २०१८ मा कोलकाता नाइट राइडर्सविरुद्ध ९३ रनको अविजित इनिङ खेलेका थिए । त्यस्तै कप्तानी डेब्यू खेलमा सर्वाधिक रन बनाउने धेरै तेस्रो नाम काइरन पोलार्डको नाममा छ । पोलार्डले मुम्बई इन्डियन्सबाट कप्तानी गर्दै सन् २०१९ मा पन्जाब किंग्सविरुद्ध ८३ रन जोडेका थिए ।

जितको लागि २ सय २२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रनमा समेटिएको थियो । राजस्थानका कप्तान सञ्जु स्यामसनले ६३ बलमा १२ चौका र ७ छक्का सहित सर्वाधिक १ सय १९ रन जोडेका थिए । स्यामसनले ५४ बलमा शतक प्रहार गरेका थिए । स्यामसनले १८ औं ओभरको तेस्रो बलमा तीव्र गतिका बलर झेय रिचर्डसनलाई चौका प्रहार गर्दै शतक पूरा गरेका थिए । त्यसअघि स्यामसनले ब्यक्तिगत १२ र ३५ रनमा क्याच ड्रप हुँदा दुई जीवनदान पाएका थिए ।

राजस्थानलाई अन्तिम ओभरमा जितको लागि १३ रन आवश्यक परेको थियो । तीव्र गतिका बलर अर्शदीप सिंहले पहिलो बल स्यामसनलाई डट राखे । दोस्रो बलमा स्यामसनले एक रन बटुले । तेस्रो बलमा पनि अर्शदीपले एक रन दिए । चौथो बलमा स्यामसनले छक्का प्रहार गरे । तर पाँचौ बल डट हुन पुगेको थियो । क्रिस मोरिसले रन लिन चाहेपनि स्यामसनले अस्वीकार गरेका थिए । अन्तिम बलमा स्यामसनले ठूलो सट प्रहार गरेपनि बाउन्ड्री नजिकै दीपक हुडाबाट क्याच आउट भएपछि पन्जाब विजयी भएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]